IME Life

चार बीमा कम्पनीको करिब २ करोड कित्ताको हकप्रद सेयर आउने

SPIL
Sanima Reliance

काठमाडौं, बैशाख ३ । चार बीमा कम्पनीको एक करोड ९६ लाख ६८ हजार १२८ कित्ता हकप्रद सेयर आउने भएको छ ।
नेपाल धितोपत्र बोर्डमा दिएको आवेदनका आधारमा यी कम्पनीले उक्त संख्यामा हकप्रद बिक्री गर्न लागेका हुन् । हकप्रद निष्कासन गर्नेमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी र तीन निर्जिवन बीमा कम्पनी रहेका छन् ।

नेशनल लाइफ इन्स्योरेन्स

Crest
Meta Holidays

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १० बराबर ६ को अनुपातमा अर्थात ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा ९९ लाख ३६ हजार ४ सय ७७ कित्ता सेयर निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले गत कात्तिक २७ गते धितोपत्र वोर्डमा सेयर निष्कासनका लागि निवेदन दिएको थियो ।

आइएमई जनरल इन्स्योरेन्स

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४३ लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्नका लागि गत चैत्र १२ गते धितोपत्र वोर्डमा निवेदन दिएको थियो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

सिद्धार्थ इन्योरेन्स

सिद्धार्थ इन्योरेन्सले चुक्तापूँजीको ३५ प्रतिशत अर्थात २२ लाख ४४ हजार ९७३ बराबरको कित्ता सेयर निष्कासन गर्न लागेको छ । आव २०७३/७४ मा २० प्रतिशत बोनस वितरण गरेको कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ४४ लाख ९७ हजार तीन सय ५० रुपैयाँको सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
कम्पनीले गत पुस २८ गते सेयर निष्कासनका लागि धितोपत्र वोर्डमा निवेदन दिएको थियो ।

प्रभु इन्स्योरेन्स कम्पनी

प्रभु इन्स्योरेन्सले ४६ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । इन्स्योरेन्सले १ः०.४६ अनुपातमा ३१ करोड ६६ लाख रुपैयाँ बराबरको ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको हो ।

बीमा समितिको निर्देशन बमोजिम हकप्रद बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको प्रभुको हकप्रद बिक्री पश्चात चुक्तापूँजी एक अर्ब रुपैयाँ नाघ्नेछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

एभरेष्टको हकप्रद परिमार्जन

एभरेष्ट इन्स्योरेन्सले भने हकप्रद शेयर निष्कासन अनुपात परिमार्जन गरेको छ । यसअघि प्रस्ताव गरेको १ बराबरको ६ को अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको एभरेष्टले समितिको निर्देशन बमोजिम कम्पनीको सेयर संरचनामा न्युनतम ५१ प्रतिशत संस्थापक सेयरधनी कायम गर्ने हकप्रद सेयर संशोधन गर्ने भएको छ । गतवर्षको मुनाफाबाट १० प्रतिशत बोनस वितरण गरेको कम्पनीले बोनस पश्चात हुन आउने कुल चूक्ता पूँजीमा सेयरधनीलाई १०५ प्रतिशत संस्थापक हकप्रद सेयर जारी गर्ने भएको छ ।

सो संस्थापक हकप्रद पश्चात कायम सेयरधनीलाई थप ३०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ ।

यद्यपी नेपाल धितोपत्र बोर्डको वेभसाईटमा भने हालसम्म पनि एभरेष्ट इन्स्योरेन्सले १ बराबर ६ को अनुपात अर्थात ६०० प्रतिशत हकप्रद बिक्री गर्ने उल्लेख छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x