IME Life

नेप्सेमा दोहोरो अंकको वृद्धि, बीमा कम्पनीमा किन झुम्मिए लगानीकर्ता ?

SPIL
Sanima Reliance

काठमाडौं, वैशाख ३ । वर्षको दोस्रो दिनको कारोबारमा पनि शेयर बजार सकारात्मक रहेको छ । वर्षको पहिलो दिन सामान्य बढेको नेप्से परिसुचक दोस्रो दिन सोमबार १७ दशमलव ४२ अंकले बढेर १ हजार २ सय ९७ दशमलव ५७ को बिन्दुमा पुगेको छ ।

सामान्य उतारचढावसहित दोहोरो अंकले उकालो लागेको आजको बजारमा आइबतारको तुलनामा कारोबार रकम पनि उच्च अंकले बढेको छ । आइतबार ३० करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा यसदिन १६७ कम्पनीको ५७ करोड ६८ लाख ६१ हजार ८६३ रुपैयाँको शेयर किनबेच भएको छ ।

Crest
Meta Holidays

आज सबैभन्दा बढी शेयर किनबेच हुनेमा बीमा कम्पनीहरु परेका छन् । सर्वाधिक शेयर कारोबार हुने दश कम्पनीमध्ये कुमारी बैंक बाहेक सबै बीमा कम्पनी रहेका छन् ।  जसमध्ये सबैभन्दा बढी प्रभु इन्स्योरेन्स कम्पनीको २ करोड ८१ लाखभन्दा बढी रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै प्रिमियर इन्स्योरेन्सको २ करोड ३३ लाख रुपैयाँभन्दा बढी, गुराँस लाईफको २ करोडभन्दा बढी रुपैयाँको शेयर किनबेच भएको छ ।
त्यसैगरी नेको इन्स्योरेन्स, नेसनल लाईफ इन्स्योरेन्स, सुर्यालाईफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल लाईफ इन्स्योरेन्सको एक करोडभन्दा माथिको शेयर खरिदबिक्री भएको छ ।

निकै लामो समयपछि सुधारको क्रममा रहेको बजारमा समूहका कम्पनीहरुको तुलनमा बीमा कम्पनीमा लगानीकर्ताको चाप देखिएको छ । चुक्तापूँजी वृद्धिको प्रक्रियामा रहेका बीमा कम्पनीहरुको हकप्रद आउने क्रममा रहेको र दोस्रो बजारमा छोटो समयमा पनि कमाउन सकिने भएकोले बीमाप्रति आकर्षण देखिएको हुन सक्ने ब्रोकर सञ्चालकहरुले बताएका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x