नीजि क्षेत्रको पुनर्बीमा र ब्रोकिङ कम्पनी आउँदै

Citizen Life Insurance Co

काठमाडौं, वैशाख ३ । नेपाली बीमा बजारमा अर्को पुर्नबीमा कम्पनी सञ्चालनमा आउने भएको छ । यसअघि सरकारी स्वामित्वको नेपाल पुर्नबीमा कम्पनी सञ्चालनमा रहेकोमा अब नीजि क्षेत्रको पनि पुर्नबीमा कम्पनी सञ्चालनमा आउने भएको हो ।

पुर्नबीमा कम्पनीले व्यवसाय सञ्चालन अनुमतिका लागि कम्पनी रजिष्टार कार्यालयमा निवदेन दिएको छ । पुर्नबीमा र इन्स्योरेन्स ब्रोकिङ दुबै काम गर्ने उद्देश्य सहित कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको कम्पनीले जनाएको छ ।

दर्ताका लागि अघि बढाइएको कम्पनीको अध्यक्षमा शंकर पाण्डे रहेका छन् । पश्मिना उद्योगीका रुपमा परिचित पाण्डेसँग नेपाल उद्योग बाणिज्य महासंघको बैंक वित्त तथा बीमा समितिको सभापति भएर काम गरेको अनुभव समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार