IME Life

महुली सामुदायिक लघुवित्तको ५० प्रतिशत बोनस शेयर सुचीकृत

SPIL
NIC ASIA

काठमाडौं, वैशाख ३ । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सुचीकृत भएको छ । कम्पनीको ५० प्रतिशत बोनस शेयर सुचीकृत भएको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा चुक्तापूँजीको ५० प्रतिशतले हुन आउने २ करोड रुपैयाँको बोनस शेयर र चुक्तापूँजीको १० प्रतिशतले हुन आउने ४० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको थियो ।

Prabhu
Crest

कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीकृत हुन भने बाँकी नै छ ।

महुली सामुदायिक लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । ६ करोड रुपैयाँ चुक्ता पूँजी भएको महुलीले यो अवधिमा जगेडाकोषमा १५ करोड २३ लाख रुपैयाँ राखेको छ ।

महुलीले निक्षेपमा ६५ करोड ८३ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा १ अर्ब ३६ करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ । प्रतिशेयर आम्दानी वार्षिक ८८ दशमलव ४७ रुपैयाँ रहेको महुलीको निष्कृय कर्जा १ दशमलव ८५ प्रतिशत, जोखिम युत्तः सम्पत्ति १५ दशमलव ६६ प्रतिशत, मुल्य आम्दानीको अनुपात ६७ दशमलव ३७ गुणा, प्रतिशेयर नेटवर्थ ५ सय ३० दशमलव ९४ रुपैयाँ र तरलता अनुपात ९ दशमलव ११ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS