Prabhu Life Ad Final

सिद्धार्थ इन्स्योरेन्सको हकप्रदले कति पायो इक्रा रेटिङ ?

IME PAY

काठमाडौं, वैशाख ३ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले १० बराबर ३.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २२ करोड ४४ लाख ९७ हजार ३५० रुपैयाँको २२ लाख ४४ हजार ९७३.५० कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड थ्रि प्लस रेटिङ प्रदान गरेको छ । सिद्धार्थ इन्स्योरेन्सले पाएको रेटिङले कम्पनीको समग्र अवस्था औसत रहेको संकेत गर्छ । यो वर्गभित्रमा कम्पनी माथिल्लो तहमा रहेको यसले संकेत गर्छ । इक्राले कम्पनीको वर्तमान र भावी सम्भावनाको आधारमा १ देखि ५ सम्मको रेटिङ प्रदान गर्छ । १ रेटिङले उत्कृष्ट र ५ रेटिङले कम्पनी कमजोर रहेको देखाउँछ ।

NCHL

५३ करोड ४५ लाख १७ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको गत आवको मुनाफाबाट २० प्रतिशत बोनस वितरण पश्चात चुक्ता पूँजी ६४ करोड १४ लाख २१ हजार रुपैंया पुगेको छ ।

उक्त पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैंया पुग्नेछ ।

सिद्धार्थको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x