IME Life

रिलायन्स लाईफले ल्यायो नयाँ बालजीवन बिमा योजना-‘मेरो मुटु बालजीवन बीमा’, के छन् नयाँ विशेषता

SPIL
NIC ASIA

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले नयाँ वर्षको अवसरमा “मेरो मुटु बालजीवन बीमा” योजना अघि ल्याएको छ । एक महिनाको उमेर देखि नै बच्चाको बीमा गर्न सकिने तथा प्रस्तावक र बच्चा दुवैको जीवन रक्षावरण एकैसाथ हुनु यस योजनाको विशेषता हो । यस योजनाले बच्चाको दिर्घकालीन आर्थिक सुरक्षा तथा बचतको आस्वस्थता प्रदान गर्नेछ ।

यस योजनामा परिपक्वतामा पाइने सुविधाहरुका साथै बीमा अवधिभरी प्रस्तावकको कुनै पनि कारणले मृत्यु वा दुर्घटनामा परिस्थायी अशक्तता भएमा सो घटना पश्चातको बाँकी सबै बीमा शुल्क मिनाहा हुनेछ । साथै बीमांक रकमको १ प्रतिशतको दरले हुन आउने रकम आयको रुपमा बीमाअवधी भरी हरेक महिना प्रदान गरिने छ जसले गर्दा बच्चाको भविष्य निर्माणमा विशेष मद्दत पुग्नेछ ।

Prabhu
Crest

मेरो मुटु – बाल जीवन योजन “आफ्नो मुटुको उज्वल भविष्यको लागि ” बिमितले यो योजनाबाट विविन्न विशेषता तथा सेवाहरु पाउने कम्पनीले जनाएको छ:-
-एक महिनाको उमेर देखि नै बच्चाको बीमा गर्न सकिने
-एउटै बीमालेखबाट प्रस्तावक र बच्चा दुवैको बीमा हुने

बीमा अवधि भित्र प्रस्तावकको मृत्यु वा स्थायी अशक्तता भएमा देहाय बमोजिमको सुविधा प्रदान गरिने
– बीमाङ्कको पूर्ण रकम तुरुन्त भुक्तानी गरिने (प्रस्तावकको मृत्यु भएमा मात्र)
– सो घटना पश्चातको बाँकी बीमा शुल्क मिनाहा हुने
– बीमाङ्क रकमको १ (एक) प्रतिशत रकम प्रति महिना आयको रुपमा बीमा अवधि भरी प्रदान गरिने
-बीमा अवधिको समाप्तिमा बीमाङ्क रकम र बोनस एकमुष्ठ भुक्तानी गरिने 

यस बीमा योजनाको सञ्चालनसँगै कम्पनीले जम्मा ५ वटा जीवनबीमा योजनाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ र निकट भविष्यमा थप ३ वटा बीमा योजना ल्याउने तयारीमा रहेको छ ।

हाल यस इन्स्योरेन्सको कूल पूंजी २ अर्ब १० करोड रुपैयाँ र चुक्ता पूंजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । सो मध्ये बाँकी रहेको ६३ करोड रुपैयाँको साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS