IME Life

नयाँ वर्षको पहिलो दिन गुराँस लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं बैशाख २। नया वर्ष को पहिलो दिन आइतबारको सेयर बजार समान्य अंकले बढेको छ । सामान्य अंकले बढेको बजारमा सबैभन्दा बढी गुराँस लाइफ इन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

कम्पनीले ५० प्रतिशत हकप्रद सेयर दिने भएपछि लगानीकर्ताहरु यस कम्पनीको सेयरमा आकर्षित भएका हुन् । इन्स्योरेन्सले हालै २९ करोड ७० लाख रुपैयाँ बराबरको २९ लाख ७० हजार कित्ता हकप्रद जारी गर्न बोर्डको अनुमति पाएको हो । चुक्तापुँजी बढाउन कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको हकप्रद धितोपत्र बोर्डले अन्तिम स्वीकृति दिईसकेको छ ।

Meta Holidays
Crest

कम्पनीको एकैदिन एक करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार यस इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ८८३ रुपैयाँ रहेको छ ।

नयाँ वर्षको शुरुवातसँगै सेयर बजारमा सुधारको संकेत देखिएको छ । कारोबार खुल्ने बित्तिकै ओरालो लागेको बजार बन्द हुँदा २.६० अंकले बढेर १२८० अंकमा पुगेको छ, बिमा समूहमा ८३. ८४ अंकको सुधार दखिएको छ ।

समग्रमा आइतबारको बजारमा सबैभन्दा बढी ३० करोड ३१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन १५९ कम्पनीको ६ लाख ५५ हजार कित्ता सेयर कारोबार भएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS