IME Life

लगानीकर्तालाई आशा जगाएर बन्द भयो बजार

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख २ । वर्षको पहिलो दिनको कारोबारमा लगानीकर्तालाई आशा जगाएर नै नेप्से परिसुचक बन्द भएको छ । नेप्से उतारचढावका बीच वर्षको पहिलो दिन आइतबार शेयर बजार परिसुचक नेप्से २ दशमलव ६० अंकले बढेर १ हजार २ सय ८० दशमलव १५ को बिन्दुमा बजार बन्द भएको छ ।

Crest
Meta Holidays

८३ अंकले बढ्यो बीमा समूह

कारोबारमा आएका नौ समूहमध्ये पाँच समूह सकारात्मक देखिएसँगै समग्र बजार पनि बढेको छ । यसदिन बीमा, होटल, विकास बैंक, लघुवित्त र अन्य समूह बढेका छन् । जसमध्ये बीमा समूह सबैभन्दा बढी ८३ दशमलव ८४ अंकले बढेको छ । त्यस्तै होटल समूह २२ दशमलव ४१ अंकले, लघुवित्त समूह ११ दशमलव ७४ अंकले, विकास बैंक समूह १ दशमलव ३६ अंकले र अन्य समूह ५ दशमलव २९ अंकले उकालो लागेको छ ।

त्यस्तै बैंकिङ, जलविद्युत, फाइनान्स र उत्पादन तथा प्रशोधन समूह भने घटेका छन् ।

नेप्से परिसुचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम भने घटेको छ । यसभन्दा अघि बिहीबार ४३ करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा यसदिन १५९ कम्पनीको ३० करोड ३१ लाख रुपैयाँको शेयर खरिदबिक्री भएका छन् । जसमध्ये गुराँस लाईफ इन्स्योरेन्सको सबैभन्दा बढी १ करोड ४२ लाख रुपैयाँ शेयर कारोबार भएको छ । त्यस्तै नबिल बैंक, साना किसान विकास बैंक, प्रिमियर इन्स्योरेन्सको १ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

आज सर्बाधिक कमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । कम्पनीको ६ दशमलव ७८ प्रतिशत शेयर मूल्य बढेको छ । त्यस्तै सबैभन्दा बढी गुमाउनेमा नेपाल लाईफ इन्स्योरेन्सको संस्थापक शेयर लगानीकर्ता रहेका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x