Prabhu Life Ad Final

एशियन लाइफको ५० प्रतिशत हकप्रद भर्ने अन्तिम दिन

IME PAY

काठमाडौं, बैशाख २ । एशियन लाइफ इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद भर्ने आज ( बैशाख २ गते) अन्तिम दिन रहेको छ ।

इन्स्योरेन्सले गत फागुन १३ गतेदेखि २ः१ अनुपातमा ४० लाख २७ हजार ९६६.२० कित्ता सेयर बिक्री खुला गरेको थियो । माघ ७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यो हकप्रद आइतबार समयसम्म मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

NCHL

हकप्रदमा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट, काठमाडौं तथा यसका शाखा कार्यालयहरु लगनखेल ललितपुर र पोखरा चिप्लेढुंगाबाट पनि भर्न सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, इन्स्योरेन्सको मुख्य कार्यालय मैतीदेवी काठमाडौंसहित अधिकांश शाखा कार्यालय र आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ८० करोड ५५ लाख ६६ हजार रुपैयाँको १२५ बोनस र कर तिर्न ०.६३५ नगद लाभांश दिने पनि घोषणा गरिसकेको छ ।

हकप्रद र बोनस सेयरपछि भने चुक्ता पुँजी १ अर्ब ३० करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x