नेपालमा बीमा क्षेत्रको विकास र यसको महत्व

Citizen Life Insurance Co

नेपालमा बीमाको इतिहास धेरै पुरानो छैन् । वि. सं.२००७ सालको क्रान्तिभन्दा पहिले रघुपति जुट मिल २००३, जुद्द म्याच फ्याक्टी«, विराटनगर कटन मिल, बीरगन्ज कटन मिल स्थापना भएका थिए । तिनको वित्तिय सहयोगको निमित्त नेपाल बैंक लिमिटेड बि.सं. १९९४ मा स्थापना भएपछि औधोगिक प्रतिष्ठानको स्थापनाको साथै बीमा कम्पनिको आवश्यकता महसुस भएको थियो । बैंकले कर्जा प्रवाह गर्दा केही भारतिय बीमा कम्पनिले नेपालमा निर्जिवन बीमा सुरु गरेको पाइन्छ । बीमाको आवश्यकताको फलस्रुप नेपाल बैंक लिमिटेडको सक्रियतामा वि.सं. २००४ सालमा नेपाल माल चलानी तथा बीमा कम्पनीको स्थापना भयो ।

यो संस्था नेपाल कम्पनी ऐन अन्र्तगत पाँच लाखको मुल धनमा नेपाल बैंक लिमिटेडले पुर्ण स्वामित्वमा स्थापना भएको थियो । वि.सं. २०१६ सालमा यो कम्पनी नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लि. मा परिर्वन भयो यसलाई वि.सं. २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लि. को पुरा नाममा पुर्णरुपले निर्जिवन बीमाको कार्य गर्ने गरी पुन नामाकरण गरियो ।

नेपालमा विमाको विकास

वि.सं. २००७ सालको राजनैतिक परिवर्तनले देशमा विकासको लहर आउँन थाल्यो । यातायातको विकासको साथै कलकारखानाहरु खुल्न थाले व्यापार व्यवसायको विकास हुन थाल्यो । वि.सं. २०२५ साल अघिसम्म धेरै भारतिय बीमा कम्पनीहरु नेपालमा आए र गए पनी । त्यस बखतसम्म स्थायी रुपमा रहेको बीमा कम्पनीमध्ये रुवि जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (हाल नेसनल इन्स्योरेन्स कम्पनी), दि ओरियन्न्टल इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टर्लिङ इन्स्योरेन्स कम्पनी लिमिटेड (पछि दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा गाभिएको) आदि प्रमुख थिए वि.सं. २०२४ साल पौष १ गते एक करोडको अधिकतम पुँजीमा राष्ट्रिय बीमा संस्थान प्रा.लि. को स्थापना भयो ।

राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ आएपछि यसलाई राष्ट्रिय बीमा संस्थानमा परिर्वतन गरियो । यसले स्थापनाको प्रारम्भमा निर्जिवनमा बीमाको कार्य गरी २०२९ देखि जीवन बीमा प्रारम्भ गर्यो ।

वि. सं. २०४६ साल अगाडी बीमा व्यावसाय गर्ने निजि स्तरको कम्पनीको रुपमा २०४४ सालमा नेसनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको मात्र स्थापना भएको थियो यसले सुरुमा निर्जिवन बीमा व्यावसाय र त्यसको दुई बर्ष पछि मात्र जीवन बीमा व्यावसाय गर्न स्वीकृत पाएको थियो ।

विमा बजारमा कार्यरत कम्पनी संख्या

नेपालमा प्रजातन्त्रको पुनर्वहाली पश्चात २०४६ र ०४७ सालमा नेपाल सरकारले अपनाएको आर्थिक उदारीकरणको फलस्वरुप विभिन्न निर्जिवन तथा जीवन बीमा कम्पनीहरुले बीमा व्यावसाय गर्ने इजाजत पाए । त्यस अनुसार हालसम्म १६ वटा निर्जिवन, १८ वटा जीवन र १ पुर्नबिमा कम्पनी सञ्चालनमा छन् भने हालै तीन वटा नयाँ निर्जिवन कम्पनीले समितिबाट व्यवसाय सञ्चालनको अनुमती लिएका छन् ।

बिमाको महत्व किन ?

आर्थिक जोखिमको हस्तान्तरण

हरेक व्यक्तिको जीवनको आर्थिक मूल्य हुन्छ । अर्थात् कुनै व्यक्तिले जुन किसिमले आम्दानी गरिरहेको हुन्छ । त्यो कमाइले उसको परिवारको पालनपोषण, शिक्षादीक्षा भइरहेको हुन्छ । आम्दानीबाट उसको समाजमा केही योगदान पनि भईरहेको हुन्छ । सरकारलाई उसले कर तिरेको हुन्छ । ऊ नहुँदा यो सबै कुरामा एउटा भ्याकुम सिर्जना हुन्छ । त्यो हुन नदिनलाई नै जीवन बिमा गर्नुपर्ने हुन्छ ।

व्यक्ति स्वयम्को लागि

मानिसले जीवन वा परिवार धान्न कमाई गरिरहेको हुन्छ । उसको आकस्मिक मृत्यु भयो भने आम्दानी बन्द हुन्छ । यसले परिवारको जीवनशैलीलाई एकैपटक ठूलो अप्ठ्यारोमा पार्छ । त्यसलाई बिस्तारै व्यवस्थापन गर्ने र अर्को स्रोतको खोजी गरी परिवारले कमाउन सुरु नगरुञ्जेल बिमाले महत्वपूर्ण सहयोग पुर्याउँछ ।

भविष्यको योजना निर्माण गर्न

हाम्रो इच्छा र आकांक्षा आवश्यकताभन्दा माथि नै हुन्छ । हामीसंग भविष्यका योजनाहरु पनि हुन्छन् । सोही अनुसार हामी काम गरिरहेका हुन्छौँ । उदाहरणका लागि ३ वर्षपछि एउटा स्कार्पियो किन्छु वा ८ वर्षपछि घर बनाउँछु । यस्ता योजनामा हामीले आँखा चिम्लेर सोचेर मात्र पुग्दैन । यसका लागि हामीले बचत गर्न थाल्नुपर्छ, काम गर्नुपर्छ यस्तै यस्तै । कुनै पनि व्यक्तिका तीनै सपना वा योजनाहरुलाई कायम गर्न र आफ्नो अनुपस्थितिमा योजना असफल नहुने गरी जीवन बिमामार्फत भविष्यको योजना बनाउन सक्छौँ ।

दीर्घकालीन पुँजी निर्माण

तपाईँ हामी सबैलाई आफ्नो उच्च आर्थिकस्तर, गुणस्तरीय जीवनको चाहना हुन्छ । जुन आजको भोलि हुन सक्दैन । त्यसमा निश्चित समयसम्म धैर्य गर्नुपर्छ, संगै मिहिनेत गर्नुपर्छ । योजना निर्माण गरेर बचत पनि हुनुपर्छ । एउटा अनुशासित जीवन बाँच्नु धेरै गाह्रो कुरा हो । जीवन बिमामा अनुशासित बचत गर्ने प्रक्रिया हुन्छ । जीवन बिमाका विभिन्न योजनाअनुसार निश्चित समयसम्म हामीले शुल्क तिर्दै जान्छौँ । त्यही आधारमा बचत हुँदै जान्छ । यदि नियमित तिरेन भने त्यो खारेज हुन्छ । यसले बिमाशुल्क तिर्न अनुशासित बनाउँछ । यो अनिवार्य बचतका रूपमा हामी सोच्न थाल्छौँ । त्यसले भविष्यमा पुँजी निर्माण गर्छ । जब बिमा परिपक्व हुन्छ, त्यसवेला त्यो रकमले दैनिक जीवनयापनभन्दा फरक आवश्यकता पूरा गर्छाैं ।

मुलुकको विकासमा भूमिका

हरेक राष्ट्रभक्त नेपालीले देश विकासमा आफ्नो पनि सानो योगदान होस् भन्ने चाहना राख्छ । पूर्वाधार निर्माणमा सबैभन्दा बढी पुँजी जीवन बिमाले निर्माण गर्न सक्छ । देश विकासमा अलिकति पनि योगदान गर्न कसैले चाहन्छ भने जीवन बिमा उपयुक्त माध्यम हो ।

छोरा–छोरीको शिक्षा

हरेक व्यक्तिले आफ्ना सन्तान शिक्षित बनुन् भन्ने चाहन्छ । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बिमा गर्न सक्छन् । कसैले बालबालिकाको भविष्यका बारेमा सोच्छ भने जीवन बीमा उसको शिक्षाको निरन्तरता र सही उपलब्धिकै लागि अत्यावश्यक बन्न सक्छ । कुनै घटना वा दुर्घटनाको कारण आज गुणस्तरीय निजी शिक्षण संस्थाबाट भोलि सस्तो र सामान्य विद्यालय खोज्दै हिँड्नुपर्ने दुर्भाग्यबाट पनि जीवन बीमाले जोगाउँछ । परिवार चलाउन पनि व्यवस्थापन चाहिँन्छ भन्ने यसैले देखाउँछ ।

ऋणको समस्याबाट मुक्ति

हाम्रो मुलुकमा सबैभन्दा ज्यादा नेपाली ऋणको समस्याबाट गुज्रिएको पाइन्छ । कुनै व्यवसाय वा काम पर्दा मानिसले सरसापट वा ऋण लिन्छ । कसैले घर बनाउनुपर्यो भने ऋण लिने र मासिक किस्ता (इएमआई) तिरी ढुक्कले बसेको हुन्छ । उसले आफ्नो कमाइसँग जोडेर यतिसम्म तिर्न सक्छु भनेर काम गरेको हुन्छ । मैले १० वर्षको ऋण लिएको छु, सजिलै तिरिहाल्छु । यहाँ ९० प्रतिशत परिवारमा एकजना मात्र कमाउनेछन् । आज किनेको घर भोलि परिवारका लागि ठूलो तनाव हुन सक्छ । यो तनावबाट बाँच्न जति ऋण लिएको छ, सोहीबराबरको जीवन बीमा गर्ने हो भने उसलाई केही भइहालेमा पनि उसको परिवार घरबाट निकालिनुपर्ने अवस्था आउँदैन । बैंकले घरको बिमा गरेको हुन्छ । केही भए उसले बिमा पाइहाल्छ । ऋणीलाई केही भएर कर्जा नउठे लिलाम गरेर उठाइहाल्छ । यस्ता समस्याबाट मुक्ति पाउनको लागि बीमा आवश्यक छ ।

करमा छुट

बिमा गरेको व्यक्तिले बीमा शुल्कमा कर छुट पाउँछ । यसले एकातिर कर छुट हुन्छ भने अर्को्ितर बचत पनि भइरहेको हुन्छ । यो पनि बीमा गर्दाको फाइदा नै हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार