IME Life

अनुपमा खुञ्जेली बनिन वाणिज्य बैंकमा पहिलो महिला सीईओ मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । बिहीबार बसेको बैंक सञ्चालक समितिले आगामी चार वर्षको लागि खुञ्जेलीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस नियुक्ती सँगै खुञ्जेलीले नेपालमा वाणिज्य बैंक समूहतर्फ पहिलो प्रमुख कार्यकारी अधिकृतको इतिहास र पहिचाहन बनाएकी छिन् ।
२७ वर्ष बैकिङ क्षेत्रमा काम गरेकी खुञ्जेली सोही बैंकमा विगत ५ महिनादेखि कामु प्रमुख कार्यकारी अधिकृत थिएन् । उनले मेगा बैंकमा नायब महाप्रबन्धक र सहायक प्रमुख कार्यकारी अधिकृत भएर ८ वर्ष व्यवस्थापकीय नेतृत्व गरिसकेकी छिन् ।

Prabhu
Crest

तत्कालिन ग्रिनलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट काम शुरु गरेकी खुञ्जेलीले सोही बैंकमा १३ वर्ष, त्यसपछि नविल बैंकमा ६ वर्ष काम गरेकी थिइन् । उनले एस इन्स्टच्यूट अफ म्यानेजमेन्टबाट एमबीए गरेकी छिन् ।

उनले लगानीकर्तालाई उच्चतम प्रतिफल दिने बताइन् । उनले भनिन्–‘नियामक निकाय, लगानी, उपभोक्ता, कर्मचारी र समाज बैंकका स्टेक होल्डर हुन्, उनीहरु सबैलाई मेगा बैंकसँग खुशी बनाउदै लगानीकर्तालाई अधिकतम लाभांश दिने मेरो प्रयास हुनेछ ।’

हाल यस बैंकको पुँजी ८ अर्ब रुपैयाँ छ । निक्षेप ४१ अर्ब ५० करोड, कर्जा ४१ अर्ब रुपैयाँ छ । बैंकको शाखा ४७ वटा छ भने कर्मचारी ५६० जना छन् ।

बढीमा दुई महिनाभित्र मेगा र टुरिजम डेभलपमेन्ट बैंक मर्ज हुने, त्यसपछि बैंकको पुँजी १० अर्ब हुने, शाखा १०२ हुने, कर्मचारी १ हजार जनाभन्दा बढी हुने उनले बताइन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS