संगठित हुदै बिमा कर्मीहरु- ‘पेशागत एकताको लक्ष्य’

Citizen Life Insurance Co

बुटवल चैत्र । रुपन्देही आसपासका जिल्लाहरुबाट बुटवलमा भेला भएका बिमाकर्मीहरुले नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी (NIPS) लुम्बिनी च्याप्टर गठन गरेका छन् । पेशागत एकताको लक्ष्य लिएर संस्था गठन गरेको जनाईएको छ ।

भेलाले संस्थाको अध्यक्षमा विश्वदिपक नेपाल चयन हुनु भएको छ । उपाध्यक्ष-गोपाल ज्ञवाली, सचिवमा किरण काफ्ले, कोषाध्यक्षमा रोहणी श्रेष्ठ, सदस्यहरुमा यमप्रसाद तिवारी, प्रताप श्रेष्ठ, धुव्र कोईराला रहनु भएको छ । भेलाले सल्लाहकारमा मोहन घिमिरे, रमेश बहादुर थापा र भगवती रेग्मीलाई चयन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बिमाकर्मीहरु हकहितकोलागि संस्थाले काम गर्ने बताउनु भएको छ । उहाँले बिमाकर्मीहरुको एकताले बिमा क्षेत्रमा नयाँ आयाम थप्ने बताउनु भयो । भेलामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, लगाएत लम्बिनी क्षेत्रका जिल्लाबाट विमाकर्मीहरु भेला भएका थिए । केहि समय अगाडी चितवनमा पनि भारत मल्लको संयोजकतामा इन्स्योरेन्स प्रोफेसनल सोसाईटी गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार