IME Life

नेपाल लाइफको ४२ प्रतिशत बोनस पारित, बन्यो सबै भन्दा धरै चुक्ता पुंजीको बिमा कम्पनी

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

बिरगंज चैत्र २८: नेपालीकै अग्रणी जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई ७०.५३ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको अठारौ बार्षिक साधारणसभाले ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी चार अर्ब ३९ करोड नाघ्नेछ । साथै कम्पनीले हाल कायम रहेको संस्थापक तथा साधारण सेयरधनीको शेयर स्वामीत्वको संरचनालाई परिर्वतन गर्ने भएको छ । जसका लागि कम्पनीले दश प्रतिशत संस्थापक सेयर साधारणमा परिणत गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Crest

अहिले कम्पनीमा संस्थापकको ७० तथा साधारण सेयरधनीको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । अब कम्पनीमा संस्थापकको ६० तथा साधारणको ४० प्रतिशत सेयर स्वामित्व कायम गरिनेछ ।

इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा २७ करोड ९६ लाख खुद नाफा गरेको छ । जसको प्रति सेयर आम्दानी १८.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७२.९३ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मूल्य १७४७ रुपैयाँ छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS