IME Life

एनआईसी एशियाको नयाँ शाखा गैडाकोटको कांग्रेस चोकमा

SPIL
Sanima Reliance

नवलपुर, चैत्र २७: एनआईसी एशिया बैंकले नवलपुर जिल्लाको गैडाकोटस्थित कांग्रेस चोकमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । मंगलबार एक समारोहबीच नयाँ शाखाको गैडाकोट नगरपालिकाकी प्रमुख छत्रराज पौडेल र बैंक सञ्चालक समितिका सदस्य राजेन्द्र अर्यालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर पौडेलले स्थानिय निकायमा बैकिङ सेवा नपुगेको अवस्थामा क वर्गको बैक गैडाकोटमा खुल्नु आर्थिक समृद्धिको लागि नयाँ कोसेढुगां हुने बताए । बैकको शाखा खुलेसँगै जिल्लाका व्यापारी, व्यवसायी तथा स्थानीय सर्वसाधारणलाई सहज पुग्ने विश्वास समेत व्यक्त गरेका थिए ।

Crest
Meta Holidays

बैंकको १७४ औ शाखाको रुपमा कांग्रेस चोकमा एटीएम सहित सेवा औपचारिक रुपमा आजबाट सुरु भएको बैंक सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद अर्यालले बताए ।

‘क’ वर्गका बैंक मुख्य मुख्य सहरमा रहेको भएपनि गाउ गाउमा बिस्तार नभएको भन्दै एनआईसी एशिया बैंकले गाउ–गाउमा शाखा बिस्तार लक्ष्य गर्ने लक्ष्य अनुसार आफुहरु आइपुगेको बताए ।

सोहि अबसरमा गैडाकोट उद्योग बाणिज्य संघका अधयक्ष अमृत भट्टचनले बैंकिङ क्षेत्रमा बित्तिय तरलता भइरहेको बेला बैंकले शाखा सञ्जाल बिस्तार हुनेले आर्थिक विकासमा अगाडी बढिरहेको गैडाकोटवासीलाई सहज भएको बताए ।

बिराटनगरबाट सुरु भएको बैंकको अहिले देश भरि १ सय ९२ शाखा कार्यालय, १ सय ९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ ब्राञ्चलेस बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १५४ अर्ब पुग्दा कुल कर्जा १०६ अर्ब छ भने कुल निक्षेप १३० अर्ब पुगिसकेको जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x