IME Life

नाडेप लघुवित्तले ४.८ करोडको आइपीओ ल्याउँदै, क्रेडिट रेटिंगमा पायो आइपीओ ग्रेड फोर प्लस

SPIL
Sanima Reliance

काठमाण्डौ । इक्रा नेपालले नाडेप लघुवित्त बित्तीय संस्थाले जारी गर्न लागेको ४ करोड ८० लाख मूल्य बराबरको आइपीओ साधारण सेयर (आइपीओ) लाई आइपीओ ग्रेड फोर प्लस (Grade 4+) को ग्रेडिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको बित्तीय अवस्था औसत भन्दा तल रहेको भन्ने बुझ्नुपर्छ ।

कम्पनीको समग्र अध्यन गरेर इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्ने गर्दछ । जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेडिङ्ग ५ ले कमजोर आधारहरु रहेको जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।

Crest
Meta Holidays

 

धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तको आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा माघ मा नै आवेदन दिइसकेको छ । लघुवित्तले निकट भविष्यमै ४ करोड ८० लाख मूल्य बराबरको ४ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x