IME Life

नेपालको शेयर बजार र हामि

SPIL
NIC ASIA

-नारायण न्यौपाने चितवन

अर्थतन्त्र बलियो बनाउने सशक्त माध्यम हो शेयर बजार। केहि मानिसहरु यसलाई जुवा घरको रुपमा ब्याख्या गरिरहेका हुन्छन या यसलाई उनीहरु कौडाको खालसग तुलना गर्छन र आजको भोलि लाखौ रुपैया कमाउन सकिने मिठो सपना देख्छन। सपना मात्रै देख्दैनन दाउ पनि थाप्छन। अनि कहिलेकाही तेही यति नमिठो भैदिन्छ कि लाखौ रुपैया गुमाउछन र बजारलाइ गालि गर्दै बाहिरिन्छन। बजारलाइ व्यापारको रुपमा हेर्ने या लगानीको रुपमा हेर्ने त्यो अलग बिसय हुन सक्छ तर यहाँ जुवा घर बनाउने महापण्डितहरुको कमि हुदैन। केहि पण्डितहरु नेप्से यति अंक उति अंकमा पुग्छ भनेर पुरेताई गरिरहेका भेटिन्छन।

Prabhu
Crest

हुन सक्छ तिनीहरु कसैबाट परिचालित भयका मनुवा हरु हुन सक्छन,अनि उनीहरुको स्वार्थमा बजार माथि मनोबैज्ञानिक प्रभाव पार्न खोजेका होलान। तर मलाई लाग्छ यिनीहरु सबै खहरे खोला जस्तै हुन्। जसको कुनै भर हुदैन र औकात पनि हुदैन। अझ यसो भनौ यिनीहरु यो बजारका भाइरसहरु हुन् जसको सफाई बेला बेलामा गर्न लाइ ठुलो कसरत गर्नु पर्छ। र यो सफाईको अगुवाई वास्तविक लगानीकर्ताहरु बाट हुनु पर्छ। भाइरसलाइ लामो समय खेल्न दिनु भनेको बिमारी हुन हामि तयार छौ भन्न खोजेको हो। तेसैले यस्ता पात्रहरु माथि सुनियोजित आक्रमण गर्नु वास्तविक लगानीकर्ताहरुको धर्म हो। नत्र भने साउने बाढीको भेलले हामि सबैलाइ बगाउनेछ र हाम्रो अर्थतन्त्रलाइ पनि निल्नेछ।

हामीले हाम्रा अर्थतन्त्रका केहि भाइरसहरुलाई पनि समय मै पहिचान गर्नु पर्नेछ र लामो लडाईको लागि तयार हुनै पर्नेछ। संरचनात्मक परिबर्तन अहिलेको हाम्रो बजारको आबस्यकता हो। अनि यो संरचनात्मक परिबर्तन लाइ यो या त्यो बहानामा अल्झाउने कठपुतली हरुलाई पनि हामीले चिन्नु पर्नेछ,अनि यी सबै कुराहरु अगाडी बढाउनु अघि वास्तविक र इमान्दार लगानीकर्ताहरु एक ठाउमा केन्द्रित हुनु पर्छ र हाम्रा आबाज लाइ बुलन्द पारिनु पर्छ। अहिले खुलेका कतिपय फोरम हरु लगानीकर्ता केन्द्रित देखियका छैनन् वा भनौ उनीहरु आफ्ना झिना मसिना स्वार्थ मा अल्झिरहेका छन् र बजारलाइ ब्यबस्थित गर्न गरिनु पर्ने प्रयाश मा इमान्दारिता देखाइरहेका छैनन्। यदि यस्तो अवस्था भैरहे हामीले हाम्रो बजारलाइ अरु पछाडी लैजानेछौ र सम्पन्नताको युगमा प्रवेश गर्न अरु लामो समय लगाउने छौ। बास्तबिकता के हो भने अब जुनसुकै सरकार आए पनि यो बजारलाइ माइनस गरेर जाने अवस्था छैन। यो बिना अबको अर्थतन्त्रको कल्पना गर्न सकिदैन। यदि कसैले कल्पना गरेको छ भने यो उसको मिठो सपना मात्र हुनेछ । तेसैले अर्थतन्त्र मजबुत बनाउदै यो बजार को विकास गर्नु आअजको आबश्यकता हो।

नियामक निकायहरु यो बजार विकासको लागि जुन गतिमा लाग्नु पर्ने हो तेसो भयको छैन। उनीहरुमा त्यो दृढ अठोट देखियको छैन र बजार लाइ असंतुलित बनाइरहनु भयको छ। आजसम्म पनि अनलाइन कारोबार प्रणाली ल्याउन नसक्नु उहाहरुको ठुलो कमजोरी हो। मार्केट मेकर ल्याउन नसक्नु अर्को ठुलो कमजोरी हो। अनि बजार को दायरा धेरै ठुलो बनाउन बैंक लाइ ब्रोकर लाइसेन्स दिन अब ढिलो गर्नु हुदैन। गैरआबासीय नेपाली हरुलाई यो बजा मा ल्याउन अब पनि ढिलो गर्नु भनेको हामि यो बजार प्रति संबेदनशील छैनौ भन्ने अर्थमा बुझ्नु पर्छ। सम्बन्धित ठाउमा बसेर भत्ता र तलब पचाउनु मात्र उहाहरुको काम होइन।

आजको युगमा संसार सग प्रतिस्पर्धा गर्न चुस्त दुरुस्त यो बजारको आबस्यकता पर्छ। यहि बजारको मार्फतनै स-सानो पुजी परिचालन गर्न सकिन्छ। गाउ-गाउमा आएको रेमिटान्स प्रयोग गरि अर्थतन्त्रलाइ चलायमान बनाउन सकिन्छ। यहि बजारको परिचालन गरि देशमा उद्दम्शिलता को विकास गर्न सकिन्छ। लाखौ युबाहरुलाई परिचालन गरि उनिहरुको सामर्थ्य बिकसित गर्न सकिन्छ। कसै सग लगानी गर्ने पैसा हुदैन अनि कसै सग भिजन र चिन्तन हुदैन। हो ति दुबैलाई जोड्ने यो बजार आधुनिक युगको सबै भन्दा शसक्त माध्यम हो। जस्तो कि आज धेरै हाइड्रो उद्धमीहरु यहि बजारको प्रयोग गरेर आफ्नो ब्यबसाय गरिरहेका छन्। जसको कारण धेरै हद सम्म उर्जामा हामि अगाडी बढ्न सकेका छौ। अनि अरु थुप्रै आयोजनाहरु पनि यहि मोडालिटीमा अघि बढेका छन्। अरु थुप्रै सिर्जनात्मक बिजनेश आइडियाहरु मार्फत हामीले यो बजारमा नया-नया कम्पनीहरु प्रवेश गराउन सक्छौ र अर्थतन्त्रको वास्तविक उत्पदकतो बढाउन सकिन्छ र यस्ता कम्पनीहरु मार्फत अन्तरास्ट्रिय बजार सग प्रतिस्पर्धा गर्न सकिन्छ। र हाम्रो अर्थतन्त्र लाइ बलियो र दरिलो बनाउन सकिन्छ। जसको कारण बिदेशी लगानीकर्ताहरुलाई यहाँ बोलाउन सकिन्छ र हाम्रा सबै स्रोत र साधनहरुको प्रभावकारी परिचालन गर्न सकिन्छ। यी सबै कुराहरुको लागि हामीमा इमान्दारिता सबैभन्दा ठुलो कुरा हो।

ठुलो विश्वासको बातावरणको निर्माण गरि अब नया युगमा नया ढंगबाट नया उत्साहको साथ परिचालित हुनुनै आजको आबश्यकता हो। हामीले हाम्रो भाग्य र भबिस्य को फैसला आफै गर्नु पर्नेछ। परनिर्भरतामा जेलियको हाम्रो यो मुलुक लाइ स्वाभिमानको नया युगमा प्रवेश गराउन हामि सबैले आफ्नो ठाउमा इमान्दार प्रयत्न गर्न जरुरि छ। अनि मात्रै हामीले बलियो अर्थतन्त्र निर्माण गर्न सक्नेछौ। अर्थतन्त को संरचनात्मक परिबर्तन गर्न आजको युगमा पुजिबज़ार बिना सम्भब छैन। तेसैले धेरै हल्ला खल्ला नगरी यो बजारको विकासको लागि हातमा हात मिलाउदै अगाडी बढौ, तेसैमा हाम्रो भबिस्य निर्धारित हुनेछ। अनाबस्यक हल्ला गर्न भन्दा अगाडी हजारौ पटक सोचौ र आफुलाई सभ्य बनाउ,तब मात्रै हामीले हाम्रो भाग्य र भबिस्य राम्रो बनाउन सक्नेछौ।

(न्यौपाने युवा लगानीकर्ता तथा स्वतन्त्र बिस्लेसक हुन्)।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS