IME Life

जीवन विमा कम्पनी २०.८७ प्रतिशतले विमा शुल्क वृद्धि, बैदेशिक रोजगार बिमाको हिस्सा ७ प्रतिशत

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं, चैत्र २५ । चालू आर्थिक वर्ष (आव)को माघ महिनामा जीवन बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन २० दशमलव ८७ प्रतिशतले बढेको छ ।

बीमा समितिले प्रकाशन गरेको पछिल्लो तथ्याङक अनुसार पुस महीनामा त्यस्तो वृद्धिदर १७ दशमलव ७९ प्रतिशत थियो, जुन मङ्सिरको तुलनामा करिब ८ प्रतिशत विन्दु कम हो । पुसमा खुम्चिएको बीमाशुल्क वृद्धिदर माघमा भने बढ्न सफल भएको छ ।

Crest

तथ्याङ्कअनुसार हाल सञ्चालनमा रहेको १८ जिवन बीमा कम्पनीहरुले माघसम्म रू. २४ अर्ब ३८ करोड ३६ लाख बीमाशुल्क आर्जन गरेका छन् । उक्त रकम वैदेशिक रोजगारलगायत जीवन बीमालेखबाट प्राप्त भएको हो । वैदेशिक रोजगार बीमाबाट रू. १ अर्ब ६३ करोड ४१ लाख र अन्य जीवन बीमाबाट रू. २२ अर्ब ७४ करोड ९४ लाख रकम प्राप्त भएको तथ्याङ्कमा उल्लेख छ ।

बीमाको पहुँच र साक्षरता विकास भएसँगै बीमाशुल्क आर्जन पनि बढेको समितिले बताएको छ । समितिले नयाँ जीवन बीमा कम्पनीहरू थपिएपछि बजारमा प्रतिस्पर्धा बढेको हुनाले बीमाक्षेत्रको विकास हुँदै गएको जानकारी दिएको छ । यसले बीमा कम्पनीहरूलाई थप हौसला मिलेको समितिको भनाइ छ ।

यस्तै, माघ महीनामा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी रू. ८ अर्ब ३४ करोड १३ लाख बीमाशुल्क आर्जन गरेको छ । सबैभन्दा कम सानिमा लाइफ इन्स्योरेन्सले रू.२७ लाख ८५ हजार बीमाशुल्क आर्जन गरेको तथ्याङ्कमा उल्लेख छ ।

मानिसलाई भविष्यमा हुने कुनै भवितव्य घटनामा पैसाको अभावले समस्या नआओस् भनेर व्यक्तिगत रूपमा जीवन बीमा गर्ने गरिन्छ । करार गर्दाको सम्झौताअनुसार बीमितले किस्ताबन्दीमा कुनै खास रकम बीमा कम्पनीलाई बुझाउनुपर्ने हुन्छ । यदि तोकिएको समय अवधिभित्र निजको मृत्यु भएमा निजको हकवालाले बीमाङ्क र बोनस रकम पाउनेछ ।

यदि तोकिएको अवधिभित्र निजको मृत्यु भएन भने स्वयम् बीमितले नै उक्त रकम प्राप्त गर्न सक्नेछ । अहिले नेपालमा १८ जीवन बीमा कम्पनीहरूले यस्तो सेवा दिँदै आएका छन् ।

(स्रोतः आर्थिक अभियान)

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS