IME Life

एकल भुक्तानी बिमामा कालो धन प्रयोग भएको आशंका, एकल भुक्तानी बिमामा कडाई गर्ने तयारी

SPIL
NIC ASIA

काठमाडौँ चैत्र २३: एकैपटक ठूलो रकमका एकल भुक्तानी जीवन बिमा योजना बिक्री हुन थालेपछि बिमा क्षेत्रमा गैरकानुनी रकम भित्रिन थालेको आशंका गरिएको छ । पछिल्लो समय नयाँ जीवन बिमा कम्पनीहरूले आक्रामक रूपले एकल भुक्तानी जीवन बिमा योजना बिक्री गर्न थालेसँगै कालो धनको प्रयोग भएको हुन सक्ने सरोकारवालाले आशंका गरेका हुन् ।

प्रतिस्पर्धी बजारमा नयाँ कम्पनीहरूले एकाएक एकल भुक्तानीलाई बढी प्राथमिकता दिन थालेपछि बिमा समितिको पनि ध्यानाकर्षण हुन थालेको छ । कालो धनको प्रयोग भएको प्रमाणित नै नभए पनि एकैपटक ठूलो रकमको बिमा बिक्री हुँदा आशंका उब्जाउनु स्वाभाविकै भएको समितिका कार्यकारी निर्देशक श्रीमान् कार्कीले बताए । ‘यस विषयमा हालसम्म कुनै उजुरी परेको छैन । तर, हामीले कम्पनीको गतिविधिलाई नजिकबाट नियालिरहेका छौँ,’ उनले भने ।

Prabhu
Crest

एकल भुक्तानी बिमा गर्दा बिमितले एकैपटक ठूलो रकम भुक्तानी गर्नुपर्छ । बिमा भनेको नाफा कमाउन नभई सुरक्षाका लागि गरिने लगानी हो । त्यसैले वार्षिक थोरै–थोरै रकम भुक्तानी गरेर खरिद गर्न सकिने यस्तो योजनामा बिमितले एकैपटक लगानी गर्नु शंकास्पद भएको सम्बद्ध व्यक्तिहरू बताउँछन् ।

तर, जागिरे जीवनबाट अवकाश पाएका तथा एकैपटक धेरै कमाइ गरेका व्यक्तिरूले भविष्यको सुनिश्चितताका लागि एकल जीवन बिमा योजना खरिद गर्ने गरेको युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्णले बताए । यस्तो पोलिसीमा शंका गर्नुपर्ने कुनै कारण नभएको उनको भनाइ छ ।

चालू आर्थिक वर्ष ०७४/७५ को पुस मसान्तसम्ममा जीवन बिमा कम्पनीहरूले ५ हजार १४ वटा एकल भुक्तानी जीवन बिमा योजना बिक्री गरेका छन् । बिमा समितिको तथ्यांकअनुसार सो योजना बिक्री गरेबापत कम्पनीहरूले ५४ करोड ५७ लाख रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् ।

ऐनमा के छ ?
सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा ‘वित्तीय लगानी निवारण निर्देशिका २०६९’ अनुसार बिमकले बिमा व्यवसायमार्फत हुन सक्ने सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी निवारण गर्न ग्राहकको सही पहिचान गर्ने, जोखिम मूल्यांकन तथा व्यवस्थापन गर्ने र शंकास्पद गतिविधि लागेमा सूचित गर्नुपर्छ । त्यस्तै, निर्देशिकाअनुसार वर्षको ३ लाख रुपैयाँ वा सोभन्दा बढी रकम बिमाशुल्क तिर्नुपर्ने गरी निर्जीवन बिमालेख खरिद गरेमा वा वर्षको १ लाख वा सोभन्दा बढी रकम बिमाशुल्क तिर्नुपर्ने गरी जीवन बिमालेख खरिद गरेमा १५ दिनभित्र वित्तीय जानकारी एकाइमा विवरण पठाउनुपर्ने हुन्छ ।

‘टाट पल्टाउँछ एकल बिमाले’
एकल भुक्तानी जीवन बिमा योजनामा गैरकानुनी रकमको प्रयोग भएमा यस्तो योजनाले कम्पनीलाई टाट पल्टाउने विज्ञहरूले बताएका छन् । यस्तो योजना बिक्री गर्दा तत्काल कम्पनीहरूको आम्दानी बढी देखिए पनि भविष्यमा भने उच्च जोखिम हुने बिमाविज्ञ डा. दामोदर बस्यौलाले बताए ।‘नयाँ कम्पनीले अहिलेलाई आम्दानी धेरै देखाउन यस्तो योजनालाई बढी प्राथमिकता दिए पनि यसको परिणाम भने भयावह हुन्छ । यसले कम्पनीलाई नै टाट पल्टाउन सक्छ,’ उनले भने, ‘एकल भुक्तानी बिमा योजना जारी गर्दा बिमांक रकमभन्दा बढी लागत लाग्छ ।’

तर, समितिका कार्यकारी निर्देशक कार्कीले भने यस्तो खालको बिमा योजनाले कम्पनीहरूलाई खासै जोखिम नहुने बताउँछन् ।

 

बैंकमा कर्जा लिँदै एकल बिमा
पुँजी परिचालन गर्नकै लागि केही व्यक्तिहरूले बैंकबाट कर्जा लिँदै एकल भुक्तानी बिमा योजना खरिद गर्ने गरेको स्रोतको भनाइ छ । उनका अनुसार यस्ता बिमितले बैंकबाट लिएको कर्जाले योजना खरिद गर्ने र पुनः सोही बिमालेख धितो राखी कर्जा लिएर बैंकको कर्जा भुक्तानी गर्ने गरेका छन् ।

के हो एकल बिमा योजना
कुनै पनि व्यक्तिले निश्चित अवधिसम्मका लागि बिमा योजना खरिद गर्छ । बिमितले आफूले बिमा गर्न चाहेको रकम भुक्तानी मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा दिन सक्छन् । बिमितले १५ वर्षे अवधिका लागि ५ लाख रुपैयाँको सावधिक बिमा गर्‍यो भने सो अवधिभित्रमा ५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्छ । तर, एकल भुक्तानी जीवन बिमामा भने बिमितले १५ वर्षमा भुक्तानी गर्ने रकम एकैपटक भुक्तानी गर्नुपर्छ । जस्तै, १५ वर्ष अवधिका लागि १० लाख रुपैयाँबराबरको एकल भुक्तानी बिमा गरेको छ भने उसले पहिलो वर्ष नै सबै भुक्तानी गर्छ । १५ वर्षपछि आफ्नो बिमांक रकम र बोनस रकम पाउँछ । एकैपटक रकम भुक्तानी गर्ने भएकाले बिमाशुल्क भने कम हुन्छ ।

यसरी बढ्छ लागत एकल बिमामा : डा. दामोदर बस्यौला
१ करोड रुपैयाँको १५ वर्षे एकल भुक्तानी बिमा योजना बिक्री गर्दा कम्पनीले साधारणतया ६५ लाख रुपैयाँ बिमाशुल्क पाउँछ । ३१ दिनपछाडि सोही बिमालेख धितो राखी बिमितले कर्जा लिन सक्छन् । कम्पनीहरूले भुक्तानी गरेको बिमाशुल्कको ९० प्रतिशतसम्म कर्जा दिन पाउँछन् । यस्तोमा ६५ लाख बिमाशुल्क जम्मा गरेपछि कम्पनीहरूले साधारणतया ४५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्छन् ।

बिमा बिक्री गर्दा सो अवधिमा अभिकर्ता खर्च कम्तीमा पनि २५ लाख हुन्छ । ६५ लाख बिमाशुल्क पाएको योजनाका लागि कम्पनीले ९० लाख खर्च गरिसक्छ । त्यसमा पनि अन्य सञ्चालन खर्च जोड्ने हो भने १ करोडको बिमाका लागि कम्पनीले बिमांक रकमभन्दा बढी खर्च गरिसकेको हुन्छ । त्यसैले कम्पनीका लागि एकल भुक्तानी बिमा योजना खतरनाक साबित हुन सक्छ ।

(श्रोत:-मुना कुँवर/नयाँ पत्रिका काठमाडौं)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS