IME Life

कृषकलाई दुर्घटना बिमा अनिवार्य

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

कृषि बिमा खरिद गर्ने सबै कृषकले अब अनिवार्य दुर्घटना बिमा गर्नुपर्ने भएको छ । कृषि बिमा योजना खरिद गर्ने कृषकका लागि बिमा समितिले दुर्घटना बिमा अनिवार्य गर्ने तयारी गरेको हो ।

यो प्रावधान २०७५ वैशाख १ देखि लागू गर्ने बिमा समितिको तयारी छ । कृषि बिमा योजनासँगै थपिएको यो सुविधामा कृषकको २ लाख रुपैयाँसम्मको दुर्घटना बिमा हुने समितिका कार्यकारी निर्देशक श्रीमान् कार्कीले बताए । ‘कृृषकलाई थप सुविधा होस् भनी हामीले यो बिमा अनिवार्य गरेका हौँ । न्यून शुल्क भुक्तानी गरेर कृषकले यो सुविधा लिन सक्नेछन्,’ उनले भने, ‘यो योजना निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सम्भवतः आगामी वैशाखदेखि लागू गर्नेछौँ ।’

Crest

५० रुपैयाँमा दुर्घटना बिमा
१ वर्षभन्दा कम अवधिको कृषि बिमा गर्ने कृषकले दुर्घटना बिमाका लागि बिमांक रकमको शून्य दशमलव २५ प्रतिशत मात्र भुक्तानी गर्नुपर्छ । यो भनेको एकजना कृषकले दुर्घटना बिमा गर्दा ५० रुपैयाँ शुल्क भुक्तानी गर्नुपर्छ । त्यस्तै, १ वर्षभन्दा बढी अवधिको कृषि बिमा गर्ने कृषकले बिमांक रकमको शून्य दशमलव ५० प्रतिशत बिमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसका लागि कृषकले सय रुपैयाँ भुक्तानी गरी उक्त सुविधा लिन सक्छन् । उक्त योजनाअनुसार कुनै पनि दुर्घटनाका कारण कृषकको मृत्यु भएमा कम्पनीले दाबी भुक्तानी गर्नेछ ।

अनुदान छैन दुर्घटना बिमामा
कृषकलाई कृषि बिमामा आकर्षण गर्न सरकारले अनुदानको व्यवस्था गरेको छ । बिमा सञ्चालनको सुरुवातमा सरकारले ५० प्रतिशत अनुदान दिए पनि हाल भने ७५ प्रतिशत अनुदान वितरण गर्दैै आएको छ । तर, कृषक दुर्घटना बिमामा भने अनुदानको व्यवस्था गरिएको छैन । यस बिमामा न्यूनतम बिमाशुल्क राखिएकाले पनि अनुदानको व्यवस्था नगरिएको हो । तर, कृषि बिमा गर्ने कृषकले दुर्घटना बिमा अनिवार्य रूपमा गर्नुपर्नेछ ।

सवा ५ अर्बको कृषि बिमा
निर्जीवन बिमा कम्पनीहरूले चालू आव ०७४/७५ को माघ महिनासम्म ५ अर्ब ११ करोड रुपैयाँबराबरको कृषि बिमा गरेका छन् । उक्त अवधिमा कम्पनीहरूले २२ करोड ३४ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् भने दाबीबापत १ करोड ६९ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

(मुना कुँवर/नयाँ पत्रिका काठमाडौं)

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS