IME Life

शिखर इन्स्योरेन्सले दश प्रतिशत संस्थापक सेयर साधारणमा रुपान्तरण गर्ने

SPIL
Sanima Reliance

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीले कुल सेयरको दश प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले यस अघिको प्रस्ताव खारेज गर्दे नयाँ प्रस्ताव अघि सारेको हो ।

यसअघि कम्पनीले संस्थापक सेयरको २० प्रतिशत अर्थात कूल सेयरको १४ प्रतिशत सेयर संस्थापकबाट साधारणमा रुपाान्तरण गर्ने निर्णय गरेको थियो ।

Crest
Meta Holidays

सो निर्णयलाई संशोधन गर्दे कम्पनीले संस्थापक सेयरको १४.२८ प्रतिशत अर्थात कूल सेयरको दश प्रतिशत संस्थापक सेयर साधारणमा रुपान्तरण गर्ने निर्णय गरेको कम्पनी सचिव सुरज राजबाहकले जानकारी दिए ।

दश प्रतिशत संस्थापक सेयर साधारणमा रुपान्तरण गरेपछि कम्पनीमा संस्थापकको ६० प्रतिशत तथा साधारणको ४० प्रतिशत शेयर हिस्सा कायम हुनेछ । हाल कम्पनीमा संस्थापको ७० प्रतिशत तथा साधारण सेयरधनीको ३० प्रतिशत शेयर स्वामीत्व रहेको छ ।

यसअघि कम्पनीले १३ औ साधारणसभा बाट संस्थापकको ५६ प्रतिशत तथा साधारण सेयरधनीको ४४ प्रतिशत सेयर कायम गर्ने प्रस्ताव गरेको थियो । तर बीमा समितिले उक्त प्रस्ताव अस्वीकृत गरेपछि कम्पनीले कम्पनीमा संस्थापकको सेयर स्वामीत्व संस्थापकको ६० तथा साधारणको ४० प्रतिशत कायम गर्ने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x