नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आईएमई बैंक बीच सम्झौता, स्वस्थ सेवा सहज हुने बिश्वाश

Citizen Life Insurance Co

काठमाडौँ चैत्र २१, नेपाल मेडिसिटी अस्पातल र ग्लोवल आईएमई बैंकविच द्धिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई मेडिसिट अस्पतालमा उपचारका क्रममा सहज र सुविधायुक्त उपचारका लागि दुवै पक्षले सहकार्य गर्ने सम्झौता भएको हो । द्धिपक्षीय सम्झौतामा नेपाल मेडिसिटी तर्फबाट महाप्रवन्धक बिजय रिमाल र बैंक तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलल हस्ताक्षर गर्नुभयो ।

नेपालीहरुलाई उपचारका लागि अब विदेश जानु नपर्ने र सबै नेपालीले धान्न सक्ने अस्पतालको रुपमा नेपाल मेडिसिटीले आफ्ना सेवाहरुलाई राष्ट्र सेवामा समर्पित गरेको मेडिसिटी अस्पतालमा महाप्रबन्धक विजय रिमालले बताए ।

ग्लोबल आईएमई बैंक र नेपाल मेडिसिटी अस्पतालले आउंदा दिनहरुमा विभिन्न सामाजिक कार्यहरुमा सहभागी हुने र आफ्ना ग्राहकहरुलाई थप सुविधा दिन पहल गर्ने पनि सो अवसरमा जानकारी गराईयो । सर्वसाधराण नेपालीहरुका सम्पुर्ण उपचार देशमै सम्भव बनाउने अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि उक्त सम्झौता गरिएको बताइएको छ ।

साथै आगामी दिनमा बैंक र अस्पतालले विभिन्न सामाजिक कार्यहरुमा सहभागि हुने आफ्ना ग्राहकहरुलाई थप सुविधा दिन पहल गर्ने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार