IME Life

एशियन लाइफ इन्स्योरेन्सको १० वर्ष पुरा, ४ लाख बढि बिमित, यस्तो छ १० वर्षको सफलता

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं, चैत्र २१ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि. बीमा ऐन २०४९ अर्न्तर्गत बीमा समितिबाट २०६४ फागुन १५ गते बीमकको रुपमा इजाजतपत्र प्राप्त गरी २०६४ चैत्र २१ गतेदेखि संचालनमा आएको जिबन बिमा कम्पनी हो । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको १० वर्ष पुरा गरेको छ । यस अवधिमा कम्पनीले अवधिमा एतिहासिक सफलतामुलक कार्य गरेको छ ।

कम्पनीका संस्थागत संस्थापक शेयरधनीहरु मा महालक्ष्मी विकास बैंक र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेड रहेका छन्, संचालक समितिका सदस्यहरु र अन्य व्यक्तिगत लगानीकर्ताहरु अन्य पेशा तथा व्यवसाय जस्तै : बैंकहरु बीमा कम्पनीहरु, बित्तीय संस्थाहरु, प्राइभेट संस्थाहरु आदिमा नेतृत्वदायी भुमिका निवार्ह गरिसकेका कुशल व्यक्तिहरु रहेका छन् । केही शेयरधनीहरु सरकारी सेवामा उच्च तहमा काम गरिसकेका व्यक्तिहरु रहेका छन् ।

Crest
Meta Holidays

कम्पनीको स्थापनाकाल देखिनै कम्पनीले बीमितको सन्तुष्टिलाई बिषेश ध्यान दिदै आएको कम्पनीले पेशागत तवरबाट बीमा व्यवसाय संचालन गर्न र सबै किसिमका ग्राहक वर्गहरुलाई उचित तवरले व्यवहार गर्न तथा उच्चतम सेवा प्रदान गर्न आवश्यक आधुनिक प्रविधियुक्त रहेको जनाएको छ।

कम्पनीले फ्रान्स स्कोर ग्लोबल लाइफसंग पूनर्बीमा गरेको छ । उक्त पूनर्बीमक आर्थिक रुपले सवल र अन्तराष्ट्रिय स्तरमा परिचित छ ।

कम्पनी यस अवधिमा आइपुग्दा हाल अधिकृत पुँजी २ अर्व, लगानी ११ अर्व २५ करोड रहेको छ । फागुनमसान्तसम्मको तथ्याङकमा ६९ हजार अभिकर्ता संख्या, ४ लाख ४ हजार ४ सय बिमित संख्या रहेको कम्पनीको ११ अर्व ३२ करोड जीवन विमा कोष रहेको छ ।

नेपालको ६८ जिल्लामा ३२ शाखा र ६८ उपाशाखा रहेका कम्पनीले जनाएको छ । ८०.५५ करोड (५० प्रतिशत हकप्रद शेयर पश्चात हुने चुक्ता पुँजी रु १ अर्व २० करोड) र हाल ५० प्रतिशत हकप्रद शेयर जारी भईरहेको छ ।

सफलतामुलक १० वर्ष पार गर्नका लागि समस्त ग्राहक वर्ग, अभिकर्ता, कर्मचारी, शेयरधनिहरु तथा नियामक निकायहरु, बिमा समिति, धितोपत्र वोर्ड,कम्पनी रजिष्टरको कार्यालय लगायतको धन्यवाद व्यक्त गरेको छ । साथै आगामी दिनमा अझै प्रभावकारी रुपमा सुलभ, सरल र अत्याधुनिक सेवा विस्तारका लागि प्रतिवद्धता व्यक्त गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x