IME Life

जीवन बिमा ‘बोनस दर’ भनेको के हो?

SPIL
NIC ASIA

काठमाडौँ चैत्र २०: जीवन बीमा कम्पनीहरुले हरेक वर्ष बीमांक रकमको प्रति हजार रुपैयाँ बराबर दिने प्रतिफल नै ‘बोनस दर (Bonus Rate)’ हो । बीमा गर्ने व्यक्तिले यो बोनस बीमा अवधि सकिएपछि एकमुष्ट पाउँछ । यसको हिसाब गर्दा कुल बीमांक रकमलाई हजारले भाग गरेर प्रति हजार रुपैयाँ तोकेको बोनस दर दिइन्छ ।

बोनस दर हरेक वर्ष परिवर्तन हुन सक्छ । कम्पनीले पाउने सबै पुँजी स्रोतमा उसले तिर्न पर्ने दायित्व घटाएर उब्रने रकम (सरप्लस) लाई नै बाँड्ने हो । जीवन बीमा कम्पनीहरुले अहिले हरेक वर्ष एक्चुअरी मूल्यांकन गरेर आफ्नो वास्तविक दायित्व निकाल्छन् । मानौं, यसरी दायित्व देखिएपछि त्यसलाई भुक्तानी गर्न आवश्यक रकम छुट्याएर १०० रुपैयाँ उब्रन्छ भने त्यो १००रुपैयाँ मध्ये ९० रुपैयाँ बीमितहरुको योजनालाई प्रतिफल (बोनस दर) दिनुपर्छ । बाँकी १० रुपैयाँ सेयर लगानीकर्ताले प्रतिफल (बोनस सेयर वा नगद लाभांश) पाउँने हो।

Prabhu
Crest

आफुले जीवन बिमा गरेको कम्पनीले कम्पनीको मुनाफा बाट दिने प्रतिफल नै सोझो अर्थमा बोनस दर हो, कम्पनी का संचालक तथा सेयर धनिले कम्पनीको मुनाफा बाट १० रुपैयाँ पाउन योग्य हुदा बिमितले ९० रुपैयाँ  पाउन योग्य हुन्छ ।  तसर्थ जीवन बिमा बीमा अवधि सकिएपछि एकमुष्ट पाउने लगानीको प्रतिफल हो   ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS