IME Life

गुराँश लाइफले ५० प्रतिसत हकप्रद सेयर निष्कासन गर्न पायो अनुमति

SPIL
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ५० प्रतिसत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई २९ करोड ७० लाख रुपैयाँ बराबरको २९ लाख ७० हजार कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । चुक्तापुँजी बढाउन कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पछि कम्पनीको पूँजी ८९ करोड १० लाख रुपैयाँ पुग्नेछ ।  बीमा समितिको निर्देशन अनुसार लाइफ इन्स्योरेन्स कम्पनीहरुले ०७५ अषाढसम्ममा दुई अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने हुन्छ ।

Crest
Meta Holidays

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । आउदो असारसम्म जीवन बीमा व्यवसाय गर्ने कम्पनीले २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन बीमा समितिले निर्देशन दिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x