IME Life

एसईई परीक्षार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना सुरु, ९० दिन सम्मकोलागि मान्य रहने

SPIL
NIC ASIA

काठमाडौं १९ चैत, । एनसेल प्राईभेट लिमिटेडले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा -एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ल्याएको छ । यो योजनाअन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको पि्रपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आई लिक्स भिडियो स्टि्रमिङ्ग र माइफाइभ सेवाको फाइदा लिन सक्नेछन् ।

यसका साथै परीक्षार्थीले विषेश तथा सुलभ डेटा प्याक सँगै हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको लाभलिन सक्नेछन् ।

Prabhu
Crest

यो अफर यहि सोमबार -चैत्र १९ अर्थात् आज देखि लागु हुनेछ । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षाप्रवेश पत्र र आफ्नो आमावाबाबुको नागरिकताको फोटोकपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् ।

यो योजना अन्र्तगत सिम खरीद गर्ने परीक्षार्थीले दैनिक ३ घण्टा बेलुका ११ बजेदेखि अर्को दिनको साँझ ५ बजे सम्म आईˆलिक्समा रहेका सामाग्री निःशुल्क हेर्न सक्नेछन् । आई लिक्स विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवाप्रदायक हो । परीक्षार्थीले आई लिक्समा रहेका कुनै पनि कार्यक्रम तथा भिडियो हेर्न सक्नेछन् ।

पहिलो सिम सुचारु गर्नुहुने ग्राहकले रु ५० वा सो भन्दा बढीको रिचार्ज गरे पछि विनाकुनै अतिरिक्त शुल्क माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् । माइफाइभ समुहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् । माइफाइभ समुहमा ३० दिन पछि कलगर्दा प्रतिमिनेट कर बाहेक रु ०.९९ शुल्कलाग्नेछ ।

ग्राहकले एस्टि्रक्स ५५४४हृयास डायल गरी प्राप्त निर्देशन अनुसार आफुले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।

साथै एक वर्षसम्म रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा एसईई परीक्षार्थीले १०० एमबि डेटा र १०० एसएमएस बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनस स्वरुपप्राप्त डेटा तथा एसएमएस २४ घण्टाको लागि मान्य रहनेछ ।

यतिमात्र हैन, एसईई परीक्षार्थीर्का लगि ल्याइएको विषेश डेटा प्याकले यस योजनालाई थप आकषिर्त बनाएको छ । यो योजनाअन्तर्गत परीक्षार्थीले डे डेटा प्याकअन्तर्गत कर सहितमात्र रु २० मा ३०० एमबि डेटाको मजा लिन सक्नेछन् ।

यो अफर अन्तर्गत परिक्षार्थीले कम्तिमा७ पैसा प्रतिएमबिमा डेटा सेवाको फाइदालिन सक्नेछन् भने कर सहितमात्र रु २० मा नाइट डेटा प्याकअन्तर्गत बेलुका ११ बजेदेखि बिहान ७ बजे सम्म अनलिमिटेड डेटा सेवाको लाभ लिन सक्नेछन् । नाइट डेटा प्याक २४ घण्टाको लागि मान्य रहनेछ । परीक्षार्थीले एस्टि्रक्स१७१०३ह्यास डायल गरि यो अफर अन्र्तगतको डेटाको लिन सक्नेछन् ।

एसईई २०७४ को परीक्षार्थीहरुका लागि यो विषेश योजना ल्याउन पाउँदा कम्पनीनिकै हषिर्त रहेको एनसेलले जनाएको छ । यो अफरले परीक्षार्थीहरुको भ्वाइस, डेटा तथा एसएमएस सेवाको आवश्यकतालाई सम्बोधन गर्दै उनीहरुको मनोरञ्जनको लागि हरेक दिन ३ घण्टा आईफि्लक्समा रहेका कुनै पनि सामाग्रीनिःशुल्क हेरेर मजालिन सक्नेछन् ।

यो योजना सुरु भएको दिन देखि ९० दिन सम्मको लागिमान्य रहनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS