IME Life

सिद्धार्थ बैंकले एकैपटक सुरु गर्यो तिन शाखारहित बैंकिङ सेवा

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंकले दुर्गम जिल्लाका ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले तीन स्थानमा शाखारहित बैंकिङ सेवाको औपचारिक सुरुवात गरेको छ । बैंकले सुर्योदय नगरपालिका–०१ को गोर्खे बजार, लक्ष्मीपुरको सुकेपोखरी र गोदकको नारायण चोकसहित इलाममा तीन वटा शाखारहित सेवा सुचारु गरेको हो ।

गोर्खे बजार शाखारहित बैंकिङ सेवाका उद्घाटन सुर्योदय नगरपालिका–०१ का वडा अध्यक्ष राजकुमार सेराङ, लक्ष्मीपुर शाखारहित बैंकिङ सेवाका उद्घाटन सुर्योदय नगरपालिका–१३ का वडा अध्यक्ष धनबहादुर राई र गोदक शाखारहित बैंकिङ सेवाका उद्घाटन इलाम नगरपालिका–१० का वडा जेष्ठ नागरिक टेकबहादुर घिमिरेले गरेको बैंकले जनाएको छ । उक्त शाखारहित सेवाबाट ती क्षेत्रका बासिन्दालाई स्थानीय स्थरमै सहज रुपमा बैंकिङ सेवा प्राप्त गर्ने जनाइएको छ ।

Prabhu
Crest

उक्त ३ वटा शाखारहित बैंकिङ सेवासहित बैंकले देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ सेवा, १०८ एटीएम र ६८७ पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैंकिङ सेवा प्रदान गरिरहेको बैंकको भनाइ छ ।

आर्थिक वर्ष २०७४/०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रू ८७ अर्ब ५७ करोड र कर्जा लगानी रू ७९ अर्ब २९ करोड गरेको जानकारी दिएको छ । साथै सोही अवधीमा बैंकले रू १ अर्ब १३ करोड खुद मुनाफा समेत आर्जन गर्न गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS