IME Life

फोर्ड मुस्ताङ नेपाल भित्रियो, मूल्य करिब २ करोड

SPIL
NIC ASIA

काठमाडौँ — जीओ अटोमोबाइल्सले नेपालमा फोर्ड मुस्ताङको अनावरण गरेको छ । गत वर्ष नाडा अटो शोमा यो गाडीको प्रदर्शनमा उत्साहजनक प्रतिक्रिया प्राप्त भएपछि कम्पनीले उक्त मोडेल नेपाल भित्र्याएको जारी विज्ञप्तिमा उल्लेख छ ।

फोर्ड मुस्ताङ विश्वमै आफ्नो स्टाइल, कार्यकौशलता, शक्तिशाली इन्जिनका लागि प्रख्यात रहेको दाबी कम्पनीको छ । यो मोडललाई अमेरिकन आइकनका रूपमा लिइने गरिएको कम्पनीले जनाएको छ । यस फोर्ड मुस्ताङ ५.० लिटर, भी ८ इन्जिन जडान गरिएको छ, जसले ४५० पीएस पावरको शक्ति प्रदान गर्छ ।

Prabhu
Crest

 

बजारमा आएको नयाँ मुस्ताङले अझै राम्रो प्याकेज ल्याएको विज्ञप्तिमा छ । फोर्डका उत्कृष्ट प्रविधिबाट सुसज्जित फोर्ड मस्ताङमा भ्वाइस कमान्ड/स्टाइलिस एलईडी लाइट रहेको छ । एप्पल कारप्ले र एन्ड्रोइड अटोसँग कम्प्याटिवल हुने सिस्टम राखेको नयाँ फोर्ड मस्ताङमा फोर्ड सिंक थ्री कम्युनिकेसन मार्फत भ्वाइस कमान्डद्वारा विभिन्न कन्ट्रोलहरु चलाउन सकिन्छ ।

यसको मूल्य १ करोड ६९ लाख रुपैयाँ तोकिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS