IME Life

नेपाल इन्स्योरेन्सको शतप्रतिशत (१:१) हकप्रद बैशाख ५ गतेदेखि बिक्रीमा आउने

SPIL
Sanima Reliance

नेपाल इन्स्योरेन्स कम्पनीले बैशाख ५ गते देखि १ः१ अनुपातमा हकप्रद शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यका ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

चैत्र २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले हकप्रदको लागि २०७५ जेठ ८ गतेसम्म आवेदन गर्न पाउनेछन् ।

Crest
Meta Holidays

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा नेपाल इन्स्योरेन्सको सम्पूर्ण शाखा कार्यालय र आस्वा प्रणालीमा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्तापूँजी ३० करोड १९ लाख ८८ हजार रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी ६० करोड ३९ लाख ७० हजार पुग्नेछ । इन्स्योरेन्सको शतप्रतिशत हकप्रदले समेत पाउने गरि २.२६२ प्रतिशत बोनस प्रस्ताव गरेको छ । बोनसपछि कम्पनीको पूँजी ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ पुग्नेछ ।

नेपाल इन्स्यारेन्सको गत फागुन ३० गते सम्पन्न भएको ६७ र ६८ औं बार्षिक साधारण सभाले हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । बीमा समितिले निर्देशन बमोजिम निर्जीवन बीमा कम्पनीहरुले आगामी असार मसान्तभित्र एक अर्ब चुक्ता पूँजी पुर्याउनु पर्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x