IME Life

रसुवागढी र सान्जेन जलविद्युतको साधारण शेयर आज बाँडफाँड हुँदै

SPIL
Sanima Reliance

काठमाडौं चैत्र १८। रसुवागढी र सान्जेन जलविद्युत आयोजनाले निष्काशन गरेको पहिलो र दोस्रो चरणको प्राथमिक शेयरको बाँडफाँड आज २ बजे हुने भएको छ। दुबै कम्पनीले पहिलो चरणमा संचयकर्ताको लागि फागुन ११ देखि ३० गतेसम्म प्राथमिक शेयर निष्काशन गरेका थिए भने दोस्रो चरणमा चैत्र ५ देखि १३ गतेसम्म निष्काशन गरेका थिए।

दुबै कम्पनीले शेयर बाँडफाँड गरेपछि शेयर बापतको पैसा कटाएर बाँकी रकम बिहीबारबाट आवेदकले फिर्ता पाउने बिक्री प्रवन्धकहरुले जनाएका छन । बैंकहरुले आवेदन दिएपछि पैसा लक गर्ने र बाँडफाँडपछि परेको शेयरको पैसा कटाउँदै नपरेको पैसा छुट्याउन समय लाग्ने हुँदा बिहीबारसम्ममा रकम फिर्ता हुने भएको हो।

Crest
Meta Holidays

रसुवागढीले कर्मचारी सञ्चय कोषका कर्मचारीहरुलाई ६ लाख ८४ हजार २ सय १० कित्ता र संस्थापक सङ्गठित संस्थाका कर्मचारीहरुलाई २३ लाख ९४ हजार ७ सय ३५ कित्ता आइपीओ जारी गरेको थियो ।

त्यस्तै साञ्जेनले कर्मचारी सञ्चय कोषका कर्मचारीहरुलाई ३ लाख ६५ हजार कित्ता र संस्थापक शेयर धनि संस्थाका कर्मचारीहरुका लागि १२ लाख ७७ हजार ५ सय कित्ता साधारण शेयर जारी गरेको हो ।

आइपिओमा परेको आवेदनको आधारमा सञ्चयकर्ताले न्यूनतम ३० र अधिकतम ४० कित्ता पाउने सेयर पाउने भएका छन् । यस्तै, संस्थापक (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र स्थानीय संघ–संस्था) र ऋणदाता (कोष) का कर्मचारीले औसत १ सय ५० कित्ता पाउने देखिएको छ ।

यस्तै, ऋणदाता (कोष) का कर्मचारीको हकमा न्यूनतम ५० कित्ता र बढीमा एक हजार कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको थियो । न्यूनतम ५० कित्ता आवेदन दिन पाउने व्यवस्था भए पनि बढी आवेदन परेका कारण दामासाहीले बाँडफाँड गर्दा सञ्चयकर्ताले बढीमा ४० कित्तासम्म पाउने भएका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x