IME Life

सनराइज बैंकले गर्यो स्वास्थ्य तथा दुर्घटना वीमा र इलेक्ट्रोनिक बैंकिङ्ग अन्तरक्रिया

SPIL
Sanima Reliance

नारायणगढ़ चितवन। सनराइज बैंक लिमिटेडले शिखर इन्सुरेन्सको सहकार्यमा आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य वीमा योजना” ल्याएको छ । यस सुविधा अन्तर्गत यस बैंकका बचतकर्ता विरामी भइ उपचार गर्दा लाग्ने खर्चमा बिमा दावी गर्न सकिने कुरा चितवन को नारायणगढ़मा आयोजित एक कार्यक्रमको बीच जानकारी गराइयो ।

‘हरेक बचतकर्तालाई डबल सुरक्षा’ भन्ने नाराका साथ ल्याइएको यो सुविधा अन्तर्गत बचतकर्ताले बर्षमा १ पटक स्वास्थ्य उपचारको विल रकम वा रु. १ लाख नवढ्ने गरी बचतखातामा रहेको बार्षिक औसत मौज्दात अनुसार दावी गर्न सकिने सुबिधा रहेको कुरा सनराइज बैंक लिमिटेड नारायणगढ शाखाका शाखा-प्रवन्धक प्रकाश कस्तीले जानकारी दिनु भयो, यो सुबिधा लिनको लागी सनराइज बैंकको नेपाल भरका कुनै पनि शाखामा बचत खाता खोलि सुबिधा पाउन सकिने र यो सुबिधा लिनको लागी अन्य अतिरिक्त सुल्क नलाग्ने जानकारी पनि सो कार्यक्रम मा गराईएको थियो ।

Crest
Meta Holidays

उक्त स्वास्थ्य बचत वीमा यौजना अन्तर्गत सनराइज बैंक लिमिटेडसंग सहकार्य भएका विभिन्न् अस्पतालहरुमा उपचार गरेकामा मात्र उत्त सुविधा लिन सकिनेछ ।

साथै उक्त कार्यक्रममा सनराइज बैंक लिमिटेड द्धारा प्रदान गरिदै आएको विभिन्न इलेक्ट्रोनिक बैंकिङ्ग सुविधाको बारेमा शाखाका वरिष्ठ अधिकृत-राज कुमार साहले जानकारी गराउनु भएको थियो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x