IME Life

आइएमई रेमिट र मुथुत फाइनान्सबीच भारत-नेपाल रेमिटेन्स सेवा शुरु

SPIL
Sanima Reliance

काठमाडौं । नेपालस्थित आइएमई लिमिटेड र भारतस्थित मुथुत फाइनान्सले भारत-नेपाल रेमिटेन्स सेवा शुरु गर्ने भएका छन् । यी दुई कम्पनीले बुधबार देखि उक्त सेवा शुरु गरेका हुन् ।

नेपालस्थित आइएमई लिमिटेड र भारतस्थित मुथुत फाइनान्सबीच गत मङ्सिर महिनामा रेमिटेन्स सम्झौता भएको थियो । उक्त सम्झौता पत्रमा आइएमईका तर्फबाट प्रमुख सञ्चालन अधिकृत खिलेन्द्र पौडेल र मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रबन्धक के. आर. बिजिमोनले हस्ताक्षर गरेका थिए ।

Crest
Meta Holidays

 

यस सेवाको शुरुवातसँगै भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपालमा पैसा पठाउन सक्नेछन् । यसरी पठाएको रकम नेपालका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सम्बन्धित व्यक्तिद्धारा सजिलै भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।

साथै, नगद भुक्तानी सेवाका अतिरिक्त सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिनेछ । नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिङ साझेदार संस्था हुनेछन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x