IME Life

रसुवागढी हाइड्रो पावर र साञ्जेन जलविद्युतमा कति पर्यो सेयर आवेदन

SPIL
NIC ASIA

काठमाडौँ । रसुवागढी हाइड्रो पावर र साञ्जेन जलविद्युत कम्पनीको सेयर खरिद गर्न १ लाख ५७ हजार ७ सय ५६ सञ्चयकर्ताले आवेदन दिएका छन् । रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी र रसुवा मै निर्माणाधीन अर्को ५७.३ मेगावाटका सान्जेनका आयोजनाको सेयर खरिद गर्न उत्साहजनक आवेदन परेको हो । गत फागुन ११ गतेबाट बिक्री खुल्ला गरिएको दुवै कम्पनीको सेयर खरिद गर्न परेको आवेदनबाट करिब ४ अर्ब ४८ करोड ५१ लाख ८० हजार ६ सय रुपैयाँ संकलन भएको छ ।

रसुवागढीले सञ्चयकर्ताका लागि १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय रुपैयाँबराबरको सेयर निष्कासन गरेकामा ७९ हजार ४ सय ७९ आवेदन परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले बताए । कम्पनीले सञ्चयकर्ताका लागि १ सय रुपैयाँ दरको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयर जारी गरेको छ । कोइरालाका अनुसार रसुवागढीमा परेको आवेदनबाट ३ अर्ब १५ करोड ५१ लाख ८० हजार ६ सय रुपैयाँ संकलन भएको छ ।

Prabhu
Crest

सेयर खरिद गर्न संचयकर्ताबाट परेको आवेदन डेढ गुणाले बढी हो । अन्तिम चरणमा थप ५१ हजार आवेदन पर्ने सम्भावना रहेको कम्पनीले जनाएको छ ।

यस्तै, सान्जेनको सेयर खरिद गर्न ७८ हजार २ सय ७७ सञ्चयकर्ताको आवेदन परेको छ । आवेदनबाट १ अर्ब ९५ करोड ६५ लाख रुपैयाँ संकलन भएको छ । सान्जेनले संचयकर्ताका लागि ७१ करोड १७ लाख ५० हजार रुपैयाँबराबरको ७१ लाख १७ हजार ५ सय कित्ता सेयर जारी गरेको छ । सान्जेनको सेयर खरिद गर्न सञ्चयकर्ताको भीड लागेको छ । देशभरका सञ्चयकर्ताले रसुवागढी र सान्जेनको सेयर खरिद गर्न फागुन ३० गतेसम्म आवेदन दिन पाउने छन् ।

संचयकर्तापछि आगामी चैत ५ गतेबाट संस्थापक संस्था (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह) र ऋणदाता संस्थाका कर्मचारीका लागि सेयर बिक्री खुल्ला गरिने छ । संस्थापक संस्थाका कर्मचारीका लागि रसुवागढीले २३ करोड ९४ लाख ७३ हजार ५ सय रुपैयाँको २३ लाख ९४ हजार ७ सय ३५ किता सेयर निष्कासन गर्नेछ । यस्तै, ऋणदाता संस्थाका कर्मचारीका लागि पनि ६ करोड ८४ लाख २१ हजार रुपैयाँको ६ लाख ८४ हजार २ सय १० कित्ता सेयर जारी हुनेछ । सान्जेनले संस्थापक संस्थाका कर्मचारीका लागि १२ करोड ७७ लाख ५० हजार रुपैयाँबराबरको १२ लाख ७७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्नेछ । ऋणदाता संस्थाका कर्मचारीका लागि ३ करोड ६५ लाख रुपैयाँ मूल्यको ३ लाख ६५ हजार कित्ता सेयर छुट्याइएको छ । संस्थापक र ऋणदाता संस्थाका कर्मचारीले चैत १३ गतेसम्म आवेदन दिन पाउने छन् ।
(श्रोत:- ऊर्जा खबर)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS