IME Life

नेपालबाट अर्बपतिको सूचीमा पर्ने एकमात्र व्यवसायी विनोद चौधरी फोब्र्सको सूचिमा २ स्थान माथि

SPIL
Sanima Reliance

काठमाण्डौ । उद्योगपति विनोद चौधरी फोब्र्सको अर्बपति सूचिको २ स्थान माथि उक्लिएका छन्। फोब्र्सले मंगलबार सार्वजनिक गरेको विश्वका डलर अर्बपतिहरुको नयाँ सूचिमा विनोद चौधरी गत वर्षको तुलनामा २ स्थान माथि उक्लिएका हुन् ।

उद्योगपति विनोद चौधरी फोब्र्सको अर्बपति सूचिको गतवर्षको फोब्र्सको अर्बपति सूचिमा उनी १५६३ औं स्थानमा थिए भने यो वर्ष उनी १५६१ स्थानमा उक्लिन सफल भएका हुन् ।

Crest
Meta Holidays

गत वर्षको १.३१ अर्ब डलर सम्पत्ति रहेकोमा यो वर्ष भने उनले सम्पत्ति बढाएर १.५ अर्ब पुर्याएका छन् । यो हिसाबले एकवर्षको अवधिमा विनोद चौधरीको सम्पत्ति १९ अर्ब ७६ करोड रुपैयाँले वृद्धि भएको छ ।

विनोद चौधरी चर्चित व्यावसायिक घराना चौधरी समूहका अध्यक्ष हुन् । चौधरी परिवार सन् २०१३ देखि फोब्र्सको अर्बपति सूचीमा पर्दै आएको छ । नेपालबाट अर्बपतिको सूचीमा पर्ने चौधरी एकमात्र व्यवसायी हुन् ।

डलर अर्बपति चौधरीको बैंक, इन्स्योरेन्स, फुड, इलेक्ट्रोनिक, बियर, होटेल, सिमेन्ट, हाइड्रो, शिक्षा लगायतका क्षेत्रमा लगानी छ । चौधरीले सबैभन्दा बढी सफलता पाएको वाइवाइ चाउचाउ र हस्पिटालिटी बिजनेसमा हो । उनी वाइवाइ र होटेलको विश्वव्यापी विस्तारमा लागेका छन् । वाइवाइ र होटेलको विश्वव्यापी विस्तारले नै उनलाई फोब्र्सको अर्बपत्ति सूचीमा उभ्याएको हो ।

चौधरी समूहको सबैभन्दा चर्चित र सफल ब्रान्ड वाइवाइ हाल युरोपेली मुलुक सर्बियाबाट उत्पादन सुरु भएको छ । युरोपबाट उत्पादन सुरु गर्ने वाइवाइ सम्भवतः पहिलो नेपाली ब्रान्ड हो । नेपाल र भारतमा बजार पिटिरहेको वाइवाइ विश्वका तीन दर्जन मुलुकमा पुग्छ । निकट भविष्यमा साउदी अरेबिया र बंगलादेशमा पनि वाइवाइ उत्पादन हुँदैछ ।

एसिया, मध्यपूर्व, युरोप, अफ्रिका, ल्याटिन अमेरिकामा प्लान्ट खोलेर वाइवाइ संसारभर फैलाउने अभियानमा चौधरी छन् । सन् २०२० सम्म वाइवाइको उत्पादन वार्षिक पाँच अर्ब प्याकेट पुत्वयाएर विश्व चाउचाउ बजारमा पाँच प्रतिशत हिस्सा पुत्वयाउने अभियान छ । अहिले वाइवाइको विश्वमा २.५ प्रतिशत हिस्सा पुगिसकेको छ ।

 

हस्पिटालिटी बिजनेसमा पनि उत्तिकै चम्किएका छन् । नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, अमेरिका, चीन, अफ्रिका लगायतका मुलुकमा उनका दर्जनौं लक्जरी होटेल तथा रिसोर्ट सञ्चालनमा छन् । गत वर्षमात्र नेपालको चितवनस्थित मेघौलीमा लक्जरी सफारी रिसोर्ट मेघौली सेराइ सञ्चालनमा आएको छ । यसको व्यवस्थापन भारतको प्रख्यात होटेल÷रिसोर्ट ब्रान्ड ताजले सम्हालेको छ । ताज समूहअन्र्तगतको ताज सफारी ब्रान्डमा चौधरी ५० प्रतिशत हिस्सेदार छन् । उनका धेरै लक्जरी होटेल सञ्चालनको तयारीमा छन् । वाइवाइ र होटेललाई विश्वभर विस्तार गर्ने उनको अभियान छ ।

उद्योगपति विनोद चौधरी व्यापार मात्र नभएर, राजनीति र समाज सेवा मा सक्रिय छन्, हाल उनी नेपाली काँग्रेसको समानुपातिक कोटा बाट संघिय संसद पनि हुन्  ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x