सेञ्चुरी बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता बिमा पहुँचलाई देशव्यापी बनाउने प्रक्रिया शुरु

Citizen Life Insurance Co

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्सको सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र सानिमा लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक केशवराज केसीले हस्ताक्षर गरेका छन् ।

मङ्सिर २२ गतेदेखि कारोबार सञ्चालनमा आएको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितीबाट असोज ७ गते लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ४० करोडभन्दा बढी रहेको छ । कम्पनीले नवीनतम,आकर्षक र जनउपयोगी बीमा योजनाहरु ल्याई कम्पनीको कारोबारको पहुँचलाई देशव्यापी बनाउने प्रक्रिया शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार