IME Life
GBIME

एशियन लाईफ इन्स्योरेन्सको इलाम र बागलुङ्गको उपशाखा अब शाखामा स्तरोन्नती

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं फाल्गुन २१ । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले इलाम र बागलुङ्गको उपशाखालाई शाखामा स्तरोन्नती गरेको छ । कम्पनीले इलामकाे उपशाखालाई स्तरोन्नती गरी यस कम्पनीको २७ औं शाखाको रुपमा आइतबार(आज)देखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले गरेका थिए ।

त्यसैगरी, बागलुङ्गमा अवस्थित उपशाखालाई स्तरोन्नती गरी यस कम्पनीको २८औं शाखाको रुपमा संचालनमा ल्याएको छ ।

SKYWELL
Crest

कम्पनीले २८ वटा शाखा र ६७ वटा उपशाखाहरु गरी जम्मा ९५ वटा शाखा तथा उपशाखा मार्फत सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाब्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै लैजाने यस कम्पनीको लक्ष्य रहेको छ । नया इन्स्योरेन्स कम्पनीहरुले शाखा विस्तारमा तिब्रता दिन थालेपछि पुराना बिमा कम्पनीहरुले पनि आफुलाई बजारमा टिकाई राख्न शाखा विस्तारमा ध्यान केन्द्रित गरेका छन् ।

फाल्गुन १६, एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जुम्ला उप-शाखा शाखामा स्तरोन्नती भएको थियो ।

Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS