आरम्भ माइक्रोको आइपिओ भर्नु भयो? आवेदन गर्ने आज अन्तिम दिन

काठमाडौँ फाल्गुन २१ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले फागुन १५ गतेदेखि निष्कासन गरेको आइपिओमा आवेदन गर्ने आज अन्तिम दिन हो । कम्पनीले गत १५ गतेदेखि १०० रुपैयाँ अंकित दरको दुई करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपिओ निष्कासन गरेको थियो ।

कम्पनीले निष्कासन गरेको २ लाख ९४ हजार कित्ता सेयरमध्ये ८ हजार ८२० कित्ता सेयर कर्मचारी र १४ हजार ७०० कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।

उक्त आइपिओमा आज अर्थात फागुन २१ गतेसम्म मात्र आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार