Prabhu Life Ad Final

राष्ट्र बैंकको सिको गर्दै बिमा समिति, बिमा कम्पनीका सीइओका लागि कुलिङ पिरियड तोक्ने तयारी

IME PAY

काठमाण्डौ फाल्गुन २०। बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुका लागि समेत कुलिङ पिरियड तोकिने भएको छ । बिमा समितिले ‘बिमक संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३’ मा संसोधन गरी बैंक तथा बित्तीय संस्थामा जस्तै बिमा कम्पनीका सीइओहरुका लागि समेत ६ महिने कुलिङ पिरियड तोक्ने तयारी गरेको हो ।

बिमा समितिस्थित उच्चस्रोतका अनुसार निर्देशिका संसोधनका लागि अन्तिम तयारी भइरहेको छ । संसोधनपछि एउटा बिमा कम्पनीमा सीइओ भएको व्यक्तिले त्यहाँ छाडेको ६ महिनासम्म अर्को कम्पनीमा सोही पदमा रही काम गर्न पाउने छैन ।

NCHL

बिमा कम्पनीहरुको संख्या बढेसँगै दक्ष जनशक्तिको तानातान भई कर्मचारीमा सुशासनको अभाव देखिएको र विकृति बढेको भन्दै बिमा समितिका अधिकारीहरुबीच सीइओहरुसहित उच्च पदस्थ कर्मचारीका लागि समेत कुलिङ पिरियड तोक्नुुपर्ने बहस भइरहेको छ । संचालकहरुका लागि समेत  कुलिङ पिरियड तोक्नुपर्ने छलफल भइरहेको बताइएको छ ।

बिमा समितिले नेपाल राष्ट्रबैंककै पद्चाप पछ्याउँदै ६ महिने कुलिङ पिरियडको व्यवस्था गर्न लागे पनि अधिकांश बिमा कम्पनीका सीइओहरुले भने बिमा क्षेत्रका लागि ६ महिने कुलिङ पिरियडको व्यवस्था सुहाउँदो नहुने सुुझाव दिएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x