IME Life

स्वास्थ्य बीमाको लोकप्रियता बढ्दै, बीमितहरुको बिश्वाश बढ्दै

SPIL
Sanima Reliance

काठमाडौं फाल्गुन २०। सरकारले गरिब जनताको स्वस्थ्यमा ध्यान दिदैं ल्याएको २ हजार ५ सय रुपैयाँको स्वस्थ बिमा कार्यक्रम लोकप्रिय बन्दै गएको छ । कार्यक्रममा हालसम्म करिब ५ लाख ८१ हजार ९४४ जना सहभागी भैसकेका छन् । स्वास्थ्य बीमा बोर्डले सेवा शुल्क बापत ३२ करोड ५० लाख रुपैंया संकलन गरेको छ । त्यसैगरी बीमित व्यक्तिको स्वास्थ्य सेवामा करिब १५ करोड खर्च भएको छ  ।

अहिले सरकारको अनुदानको रकमबाट बीमा गरेका व्यक्तिहरुले उपचार सेवा पाईरहेका छन् । बीमीत व्यक्तिहरुबाट उठेको रकम अहिले बीमा बोर्डले जम्मा गरेर राखेको छ ।

Crest
Meta Holidays

कार्यक्रम सञ्चालन भएका २७ जिल्लामध्ये सबैभन्दा बढी चितवन जिल्लमा १ लाख ९७६ जना रहेका छन् । कास्कीमा ६८ हजार र पाल्पामा ६५ हजार ८६५ जनाले बिमा गरेका छन् । त्यसैगरी कैलालीमा २४ हजार ७०३, जुम्लामा १० हजार ९७५, इलाममा ३२ हजार ९८५, जाजरकोटमा १० हजार, जुम्लामा ११ हजार, मकवानपुरमा ३२ हजार, म्याग्दीमा ८ हजार, प्युठानमा ६७ हजार र सुर्खेतमा १८ हजार जनाले बीमा गरेका छन् ।

आछाममा २ हजार ४४४, खोटाङमा २ हजार ८४० र भोजपुरमा ३ हजार जनाले स्वस्थ बीमा गरेका छन् । कार्यक्रम सञ्चालन गरिएका अन्य जिल्लाहरुमा पनि बीमितको संख्या बढ्दै गएको बोर्डले जनाएको छ ।

सरकारले गरिब नागरिकका लागि ल्याएको यो अवधारणा प्रभावकाारी बन्दै गएको छ । जनतालाई स्वस्थ्य राख्नको लागि सरकारले २ हजार ५०० सय रुपौँमा जीवन बीमा कार्यक्रम ल्याएको हो । कार्यक्रम अन्तर्गत ५ जना रहेको परिवारलाई २ हजार ५०० सयमा १ वर्षका लागि ५० हजार सम्मको बीमा हुनेछ । त्यसैगरीे ५ भन्दा बढी परिवार रहेको घरमा ४२५ को दरले थप शुल्क लाग्नेछ । थप संख्या रहेको परिवारको लागि ६० हजारको बीमा एक वर्षको लागि हुनेछ । यदि एक वर्षभरिमा कुनै पनि परिवार बिरामी नभएमा सो रकम फिर्ता हुने छैन । अर्को वर्षको बीमा गर्नको लागि थप शुल्क लाग्नेछ ।

हाल यो कार्यक्रम स्वास्थ्य बीमा बोर्डले सञ्चालन गरेको छ, तर स्वस्थ बिमा कार्यक्रम पनि बिमा समिति र बिमा कम्पनीहरुको मतहतमा आउने हो भने स्वस्थ बिमाको दयारा र प्रभाबकारिता बढ्ने बिश्वाश छ, साथै हाल कार्यक्रमको पुनर्बिमाको व्यवस्था नभएको कारण दिर्घकालमा सरकारलाई जोखिम धरै हुने देखिन्छ । तसर्थ स्वास्थ्य बीमा कार्यक्रम बिमा समितिको मातहतबाट संचालनको व्यवस्था गर्नसके दिर्घलिन रुपमा फाइदा जनक हुन्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x