IME Life

सामाजिक उत्तरदायित्वमा सानिमा बैंकद्धारा धुर्मुस सुन्तली फाउण्डेशनलाई २१ लाख रुपैयाँ आर्थिक सहयोग

SPIL
NIC ASIA

काठमाडौं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुर्मुस सुन्तली फाउण्डेशनलाई २१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका सञ्चालक तुकप्रसाद पौडेलले एक कार्यक्रमका बिच सो रकमको चेक फाउण्डेशनलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै सिताराम कट्टेलले उक्त बस्ती अनुमानित समय भन्दा चाडै र अनुमानित लागत भन्दा कममै सकिएको बताउदै सहयोग गरेकोमा बैंकलाई धन्यबाद दिएका छन् । केही रकमको प्रतिवद्धता आइसकेको जानकारी दिदैं उनले यो रकमसगैं सो बस्ती निर्माणमा अपुग रकम जुटेको बताएका छन् । त्यसैगरी, श्रीमती कुञ्जना घिमिरेले बैंकले गरेको सहयोग सम्मानका रुपमा लिएको बताएकी छिन् ।

Prabhu
Crest

बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले सन्तपुर बस्ती परियोजना समय सीमा भित्रनै सम्पन्न गरी हस्तान्तरण गरेको सन्दर्भमा बैंंकले कुशल व्यवस्थापनका पाठ सिक्नु पर्ने बताएका छन् । साथै, आफ्नो कलाकारीतामा मात्र सीमित नरहि समाज सेवामा लागेकोमा सिताराम कट्टेल र कुञ्जना घिमिरेप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

भूकम्पपीडित एवं मुसहर वस्ती निर्माण गरिसकेर पछिल्लो पटक सन्तपुरमा बाढी पीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी माघ २३ गते उक्त बस्ती एक समारोहका बीच हस्तान्तरण गरिएको थियो ।

बैंकले सन् २०१२ देखिनै सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति सहित अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । हाल सानिमा बैंकको सबै भन्दा न्यून निष्कृय कर्जा तथा नेपाल भरी ५८ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६७ एटीएम सञ्जाल रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS