Prabhu Life Ad Final

एसियन लाइफले किन बढायो ५०% हकप्रद भर्ने म्याद ? अब कहिले सम्म भर्न सकिन्छ ?

IME PAY

काठमाडौं चैत्र १६ : एसियन लाइफ इन्सुरेन्सले ५०% हकप्रद भर्ने समय १४ दिन थप गरेको छ । अब यसमा वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि एसियनले फागुन १३ देखि चैत १८ गतेको समय सीमा तोकेर ४० लाख २७ हजार ९६६.२० कित्ता सेयर बिक्री खुला गरेको थियो । यस समयसमा आवश्यकता अनुसार नबिक्ने भएपछि भर्ने म्याद थप गरिएको हो ।

गत माघ ७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यो हकप्रद भर्न पाउनेछन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लगनखेल ललितपुर र पोखरा चिप्लेढुंगाबाट पनि भर्न सकिने सुविधा छ ।

NCHL

त्यसैगरी, एसियन लाइफ इन्सुरेन्सको मुख्य कार्यालय मैतीदेवी काठमाडौंसहित अधिकांश शाखा कार्यालय र धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन एसियनले हकप्रदको बाटो रोजेको हो ।  हाल एसियन लाइफको चुक्ता पुँजी ८० करोड ५५ लाख ९३ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि चुक्ता पुँजी १ अर्ब २० करोड ८३ लाख ८९ हजार रुपैयाँ पुग्नेछ । यस्तै, कम्पनीले गत वर्षको कमाइबाट १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश दिने घोषणा गरिसकेको छ ।

एसियनले हाल कायम चुक्ता पुँजी ८० करोड ५५ लाख ६६ हजार रुपैयाँबाट बोनस दिन लागेको हो । बोनसपछि चुक्ता पुँजी १ अर्ब ३० करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एसियनले २ करोड ५८ लाख ६२ हजार ४४८ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४२ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३१ रुपैयाँ ५७ पैसा छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x