IME Life

रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको आइपिओ आज बाँडफाँड हुदै, तपाई लाई कति कित्ता पर्ला ?

SPIL
Sanima Reliance

काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयर (आइपिओ) बाँडफाँड आज (शुक्रबार) हुने भएको छ । बाँडफाँडको समय भने तय भै-नसकेको बताईएको छ । तर दुवै कम्पनीका सम्वद्ध अधिकारीले भने आज नै शेयर बाँडफाँड हुने जानकारी दिए ।

रसुवागढी हाइड्रो पावरका प्रमुख माधव कोइरालले शेयर बाँडफाँड आजै हुने जानकारी दिए । यस्तै साञ्जेन हाइड्रो पावरको बिक्री प्रबन्धक नागरिक लगानी कोषका सञ्चार अधिकृृत उद्धव सिल्वालले शेयर बाँडफाँड आजै गरिने जानकारी दिए ।  सेयर आवेदकको सम्पूर्ण लगत तथा विवरण संकलन लगायतका आवश्यक गृहकार्य सकिएकोले बाँडफाँडको तयारी गरिएको हो ।

Crest
Meta Holidays

दुवै कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक लगानीकर्ता समूहका कर्मचारीलाई शेयर बिक्री गरेको थियो । सञ्चयकर्ताका लागि गत फागुन ११ देखि ३० गतेसम्म आवेदन दिने समय तोकिएको थियो । यस्तै, संस्थापक र ऋणदाता संस्थाका कर्मचारीका लागि यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिने समय अवधि तोकिएको थियो । दुवै समूहका आवेदनकर्तालाई आज नै शेयर बाँडफाँड गर्ने तयारी गरिएको छ ।

दुवै कम्पनीले माग गरेको तुलनामा करिब ६ गुणा बढी आवेदन परेको शेयर विक्री प्रबन्धकले जनाएका छन् । दुवै कम्पनीमा सञ्चयकर्ताका लागि २ अर्ब ४ करोड ५९ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको २ करोड ४ लाख ५९ हजार ५ सय ९५ कित्ता शेयर छुट्ट्याइएको थियो । ती आवेदनबाट ११ अर्ब रुपैयाँ संकलन भएको छ । रसुवागढीमा १ लाख ८८ हजार र सान्जेनमा १ लाख ८३ हजारभन्दा बढी सञ्चयकर्ताले आवेदन दिएका थिए । यस आधारमा न्यूनतम ७० र बढीमा १०० कित्तासम्म शेयर पाउने अवस्था देखिएको छ । आवेदक सबैले पाउने गरी बाँडफाँडको तयारी भइरहेको रसुवागढी कम्पनीका प्रमुख कोइरालाले बताए । सान्जेन जलविद्युत कम्पनीको सेयर खरिद गर्न आवेदन दिएका हरेक सञ्चयकर्ताले करिब ४० कित्ता सेयर पाउने भएका छन् । मागभन्दा झन्डै ६ गुणा बढी आवेदन परेकाले सेयर संख्या कम भएको हो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x