IME Life

भिभो-भि ९ नेपालमा आउँदै, डिस्प्ले मुनी फिंगरप्रिन्ट भएको पहिलो स्मार्टफोन

SPIL
Sanima Reliance

काठमाडौं, चैत्र १३ । चिनियाँ स्मार्टफोन मेकर कम्पनी भिभोले नेपाली बजारमा आफ्नो पछिल्लो फ्ल्यागशिप फोन भिभो-भि ९(VIVO V9) सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यहि अप्रिल १ तारिख अर्थात चैत १८ गते आइतवार भिभो भि नाइन नेपालमा उपलब्ध भएको घोषणा गर्दैछ ।

कम्पनीले पछिल्लो दिनमा अन्तर्राष्ट्रिय बजारमा समेत चर्चा कमाएको भिभो भि नाइन नेपालमा ल्याउने तयारी जोडतोडले गरिरहेको छ । यो फोनको लागि कम्पनीले करिब १ सातासम्म प्रि बुकिंग समेत गराउने भएको छ । भिभो भि नाइनको प्रि बुकिंग कम्पनीले बुधवारदेखि शुरु गर्न लागेको छ ।

Crest
Meta Holidays

सो फोनको प्रि बुकिंग बुधवार चैत १४ गतेदेखि भएपनि फोन भने अप्रिलको पहिलो सातामा मात्र उपलब्ध हुने कम्पनी स्रोतले जानकारी दिएको छ ।

त्यसैगरि कम्पनीले भिभो भि नाइनको लागि विशेष प्रबद्र्धनको तयारी गरेको बताईएको छ । ‘यो फोन बजारमा निकै चर्चामा रहेको र बिक्री हुनसक्ने देखेर कम्पनीले यसलाई विशेषरुपमा ध्यान दिने योजना लिएको छ,’ कम्पनी स्रोतले भन्यो ।

यसको लागि कम्पनीले आफ्ना शोरुमहरु राखिएको स्थानलाई भि नाइनको लागि विशेषरुपमा सजाउन शुरु गरिसकेको छ । नेपाली बजारमा माथिल्लो श्रेणीको फोनको रुपमा आउन लागेको भिभो भि नाइनको माग यसको मूल्यको आधारमा हुनेछ । जसको लागि कम्पनीले अन्य ब्राण्डसँग सिधै प्रतिस्पर्धा गर्नेगरि मूल्य तोक्ने योजना राखेको छ ।

कम्पनी स्रोतकाअनुसार यो फोनको मूल्य ४० हजार रुपैयाँ भन्न कम हुनेछ । तर ४० हजार मूल्यमा कम्पनीले भिभो भि नाइन बिक्री सकिन्छ की सकिँदैन भनेर कम्पनी भित्रै छलफल भईरहेको स्रोतको दाबी छ ।

भिभो भि नाइन विश्व बजारमा भने यसको डिस्प्ले भित्र राखिएको फिंगरप्रिन्टको कारण निकै चर्चामा रहेको छ । विश्वको पहिलो डिस्प्ले मुनी फिंगरप्रिन्ट भएको स्मार्टफोनको रुपमा चिनिने भिभो भि नाइनमा १९ः९ एस्पेक्ट रेसियोका साथ ६.३ इन्चको फुल एचडी प्लस आईपीएस फुल भ्यू डिस्प्ले रहेको छ । फोनमा ४ जीबी र्यामका साथमा ६४ जीबीको आन्तरिक स्टोरेज छ ।

भिभो भि नाइनमा अक्टाकोर क्वालकम स्न्यापड्रागन ६२६ प्रोसेसर राखिएको छ भने फोटोका लागि ड्यूल रियर क्यामरा सेटअप रहेको छ । १६ मेगापिक्सेल र ५ मेगापिक्सेलको रियर क्यामरामा एआई प्रविधिको सहयोगबाट तस्वीरलाई आकर्षक बनाउन सकिने बताईएको छ ।
त्यसैगरि फोनमा सेल्फीका लागि २४ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । एन्ड्रोयड ओरियो ८.० भर्सनमा आधारित फनटच ४.० मा संचालन हुने यो फोनमा ३२६० एमएएचको ब्याट्री प्याक छ । (source:-mobileskhabar/com)

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x