IME Life

स्पर्स लघुवित्तले २ करोड ४० लाखको आइपिओ निष्कासन गर्ने, निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल

SPIL
Sanima Reliance

काठमाडौं, चैत्र १४ । स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडले २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ ।

संस्थाले शेयर निष्कासनको लागि प्रक्रिया अगाडि बढाएको छ । जसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

Crest
Meta Holidays

संस्थाले आफ्ना कर्मचारी र सर्वसाधारणलाई समेत गरी उक्त परिमाणको प्राथमिक शेयर जारी गर्ने भएको हो । आइपिओ निष्काशन सम्बन्धि सम्झौतामा स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडका तर्फबाट सजल खड्का र सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

हाल वित्तिय संस्थाको चुक्ता पूँजी ५ करोड ६० लाख रहेको छ भने यस सार्वजनिक निष्काशन पश्चात वित्तिय संस्थाको चुक्ता पूँजी ८ करोड हुनेछ । हाल वित्तिय संस्थाले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६ हजार ५ सय सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x