IME Life

थपियो नया मर्चेण्ट बैंक-वेल्थ म्यानेजमेण्ट छिट्टै पूर्ण संचालनको तयारी

SPIL
Sanima Reliance

काठमाडौं/ नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ‘वेल्थ म्यानेजमेण्ट एण्ड मर्चेण्ट बैंक’लाई ब्यवसाय सञ्चालन गर्ने अनुमति दिएको छ । दुई वर्षदेखि सञ्चालन अनुमतिको प्रक्रीया सुरु गरेको कम्पनीले सोमवार सेबोनबाट प्रमाणपत्र पाएको हो ।

‘हामीले कानूनी रुपमा बाधा नपर्ने कतिपय कामहरु पहिलेदेखि नै गर्दै आएका थियौं,’ कम्पनीका एक जना सञ्चालक पुरुषोत्तमराज चिमौरियाले भने, ‘अब मर्चेण्ट बैंकका सबै काम गर्न बाटो खुलेको छ ।’

Crest
Meta Holidays

कम्पनीले दुई वर्षअघि नै काठमाडौंमा मैतिदेवी कम्प्लेक्समा कार्यालय स्थापना गरेर लगानी ब्यवस्थापनका काम सुरु गरेको थियो । कम्पनीले ५ करोड रुपैयाँ चुक्ता पूँजीमा व्यवसाय सञ्चालन गर्ने अनुमति पाएको हो ।

विगतमा सेयर बजारको लामो अनुभव संगालेका व्यक्तीहरु मिलेर लगानी व्यवस्थापन कम्पनी खोलेको सञ्चालक चिमौरियाले बताए । कम्पनीमा उनीसँगै सचिन सिलवाल, अमीत सुवेदी लगायत छन् ।

उनीहरु यसअघि ब्रोकर कम्पनी चलाएर बसेका थिए । नेपालमा ब्रोकर कम्पनीको लाइसेन्स खासै विक्री नहुने भए पनि उनीहरुले ब्रोकर कम्पनी छाडेर मर्चेण्ट बैंकमा लगानी गरेका हुन् । चिमौरिया भने सेयर लगानीकर्ता एवम् सेयर विश्लेषक हुन् ।

योसँगै नेपाली बजारमा लगानी व्यवस्थापनको काम गर्ने मर्चेण्ट बैंकहरुको संख्या २६ पुगेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x