IME Life

रसुवागढी–सान्जेनको दुवै चरणकाे शेयर निष्कासन शुक्रबारसम्म बाँडफाँड हुने सम्भावना

SPIL
Sanima Reliance

रसुवागढी हाइड्रो पावर र सान्जेन जलविद्युत कम्पनीमा आवेदन दिएका सञ्चयकर्ता तथा कर्मचारीको सेयर बाँडफाँड एकै पटक गरिने भएको छ । कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको सेयर आवेदन लगत संकलनमा समय लागेकाले एकै पटक बाँडफाँड गर्न लागिएको हो । करिब साढे ५ लाख सञ्चयकर्ताका लागि पहिलो चरणमा सेयर निष्कासन गरिएको थियो । सञ्चयकर्ताका लागि फागुन ११ देखि ३० गतेसम्म आवेदन दिने समय तोकिएको थियो । सि–आस्बा प्रणालीबाट भरिएको आवेदन संकलनमा समय लाग्दा अझै बाँडफाँड भएको छैन ।

दुवै कम्पनीले दोस्रो चरणमा संस्थापक (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी तथा स्थानीय संघ–संस्था) र ऋणदाता संस्थाका कर्मचारीका लागि चैत ५ गतेदेखि खुला गरेको थियो । कर्मचारीका लागि एक दिन (मंगलबार, चैत १३ गते) सम्म सेयरका लागि आवेदन दिन पाउँछन् । आवेदन दिने समय सकिएपछि एकै पटक दुवै चरणको सेयर बाँडफाँड गर्ने रसुवागढीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद कोइरालाले बताए । ‘मंगलबारसम्म क्ल्यिरिङ एजेन्ट सिडिएसले विवरण संकलन गत समय दिने को छ,’ उनले भने, ‘ बाँडफाँड कहिले गर्ने भन्ने दिन तोकिएको छैन, तर शुक्रबारसम्म दुवै चरणको सकिन्छ ।

Crest
Meta Holidays

सोमबार साँझसम्म रसुवागढीमा संस्थापक संस्थाका ८ हजार ५५ जनाले सेयर किन्न आवेदन दिएका छन् । उनीहरूबाट ३९ करोड ६४ लाख ४३ हजार रुपैयाँ संकलन भएको छ । सञ्चय कोषका ५ सय ६७ जनाले आवेदन दिएका छन् । यसबाट ७ करोड १५ लाख ९ हजार रुपैयाँ संकलन भएको छ । यसेगरी, पछिल्लो विवरणअनुसार सान्जेनमा संस्थापक संस्थाका ६ हजार ९ सय २७ कर्मचारीले आवेदन दिएका छन् । यसबाट २० करोड ५६ लाख ५० हजार रुपैयाँ संकलन भएको छ । यस्तै, ५ सय ३ जना कोषका कर्मचारीले दिएको आवेदनबाट ३ करोड ४२ लाख ७७ हजार रुपैयाँ संकलन भएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x