बैंक अफ काठमाडौंले लाभांश घोषणा गर्यो

Citizen Life Insurance Co
काठमाडौं :बैंक अफ काठमान्डूले १३.२५% बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको बैठकले गत वर्षको कमाईबाट १३.२५% बोनस सेयर दिने निर्णय गरेको हो । आगामी साधारण सभाले पारित गरेपछि बोनस वितरण प्रक्रिया अघि बढ्नेछ ।
हाल बैंकको चुक्ता ६ अर्ब २४ करोड ५३ लाख ८३ हजार रुपैयाँ छ । बोनसपछि चुक्ता पुँजी ७ अर्ब ७ करोड २८ लाख ९६ हजार २४७.५ रुपैयाँ पुग्नेछ । यसआधारमा राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकलाई ९२ करोड ७१ रुपैयाँ भन्दा धेरै रकम अपुग हुने देखिन्छ ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५५ करोड १५ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंक अफ काठमान्डूको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ४२ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार