IME Life

प्रिमियर इन्स्योरेन्सको ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ नेप्सेमा सूचीकरण

SPIL
NIC ASIA

काठमाडौं चैत्र ०९: प्रिमियर इन्स्योरेन्सको एफपीओ सेयर शुक्रबार सूचीकृत गरिएको छ । यो एफपीओ गत माघ १८ गते बाँडफाँट गरिएको थियो । कुल ६ लाख ५९ हजार ५६५ कित्ता सेयर सूचीकरण गरिएको हो । अब १ सातापछि दोस्रो बजार मार्फत कारोबार सुरु हुनेछ ।

कम्पनीले पुस १६ देखि १९ गतेसम्म फेस भ्यालु १०० रुपैयाँमा ६९९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ७९९ रुपैयाँ दरमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ बिक्री खुला गरेको थियो बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन प्रिमियरले एफपीओको सहारा लिएको थियो ।

Prabhu
Crest

हाल यस कम्पनीको चुक्ता पुँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ छ । एफपीओ बिक्रीपछि चुक्ता पुँजी ५१ करोड ४४ लाख ६० हजार ३०० रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रिमियरले ५ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

इन्स्योरेन्सले चैत २६ गते बस्ने वार्षिक साधारण सभामा १३.५२% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव लैजाँदैछ । बोनस सेयर एफपीओ किनेकाले पनि पाउने छन् । बोनसपछि भने चुक्ता पुँजी अझै बढेर ५१ करोड ८१ लाख २० हजार ४९ रुपैयाँ पुग्नेछ ।

प्रतिसेयर आम्दानी २४ रुपैयाँ १२ पैसा रहेको प्रिमियरको प्रतिसेयर नेटवर्थ भने २३४ रुपैयाँ ६९ पैसा छ । यस आधारमा कम्पनीलाई बिमा समितिले तोके अनुसारको चुक्ता पुँजी पुर्याउन अझै ठूलो रकम आवश्यक पर्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS