Prabhu Life Ad Final

एभरेष्ट इन्स्योरेन्सले ५१ प्रतिशत संस्थापक शेयर पुर्याउने, दुई चरणमा हकप्रद जारी गर्ने

IME PAY

काठमाडौं, चैत्र ०९ । एभरेष्ट इन्स्योरेन्सले ५१ प्रतिशत संस्थापक शेयर कायम गर्ने भएको छ । कम्पनीले ५१ प्रतिशत संस्थापक शेयर कायम गर्न दुई चरणमा हकप्रद जारी गर्ने भएको हो ।

साधरणसभाले हाल कायम चुक्ता पूँजीको दश प्रतिशत बोनस सेयर वितरण गर्ने र तत्पश्चात कम्पनीले १०५ प्रतिशत संस्थापक हकप्रद जारी गर्नेछ । यसपछि कायम हुने सम्पूर्ण शेयरधनीलाई फेरि ३०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव आगामी वैशाख १० गते हुने वार्षिक साधारण सभामा पेश गरिनेछ ।

NCHL

बीमा समितिको स्वीकृति पश्चात कम्पनीले संस्थापकको ५१ तथा साधारणसेयरधनीको ४९ प्रतिशत शेयर हिस्सा कायम गर्न लागेको हो । दश प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँ कायम छ ।

कम्पनीले १४ करोड ३ लाख ३२ हजार रुपैयाँ बराबरको संस्थापक हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ । साथै यसपश्चात कम्पनीमा संस्थापक तथा साधारण सेयरधनीको हिस्सा अनुपात ५१:४९ प्रतिशत कायम हुनेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x