IME Life

नेपालको बिमा क्षेत्रमा पुरुषको भन्दा महिलाको सक्रियता र योगदान धेरै

SPIL
Sanima Reliance

काठमाडौँ चैत्र ०९। नेपालमा विमाको व्यवासायिकता फराकिलो बन्दै गएको छ । बिमा क्षेत्रमा नेपालको अभ्यासलाई हेर्ने हो भने पुरुषको तुलनामा महिला बढि सक्रिय देखिन्छ । विभिन्न कारणले वैदेशिक रोजगारीका लागि पुरुषको बढि संख्यामा विदेशीन्छ । महिला गृहयणी भएर बस्दछन । त्यसैले पनि विमा गर्नेको संख्यामा पुरुषको भन्दा महिलाको बढि भएको विमा समितिको भनाई छ । विमा समितिको तथ्याङक अनुसार सहज अनुमान गर्न सकिन्छ कि महिला नै बिमा क्षेत्रमा बढि संम्लग्न छ भनेर । पछिल्लो समयमा महिलाले विमा मात्र गरेर किस्ता बुझाएर बसेनन । उनीहरु आफ्नो आर्थिक स्तरलाई पनि मजवुत बनाउन तर्फ उन्नमुख भएको देखिन्छ ।

पछिल्लो समय महिलाले बीमा मार्फत नै आफ्नो आर्थिक स्तरलाई दरिलो बनाउदै गएका छन् । महिलाहरुले बीमा योजना खरीद गरि सोही मार्फन नै वित्तिय सम्बन्धी बिभिन्न कार्यहरु गर्र्दै आएको पाइन्छ । जसको एक उदाहरण हुन भक्तपुरको बालकोटी कि राखी राजभण्डारी । उनले सफ्टवयर कम्पनीमा काम गर्छिन् । यसै क्रममा ८ वर्ष पहिला उनले आफ्नो साथी मार्फत जीवन बीमा योजना खरीद गरिन । लाइफ इन्स्योरेन्स कम्पनीको उक्त योजनाको अवधि २० वर्षे थियो । १ लाख बीमांक रकम रहेको सो योजनामा उनले बार्षिक प्रिमियम ६ हजार बुझाउँदै आएको छिन् । वार्षिक प्रिमियम बुझाउन उनले मासिक ५ सय मात्र जम्मा गरे पुग्थ्यो । यसरी वार्षिक रूपमा रकम बुझाउँदै जाँदा उनको ४८ हजार भन्दा बढी रकम जम्मा भएछ । केही समय पहिला उनलाई अर्को एउटा व्यवसाय सञ्चालन गर्न लगानीको आवश्यकता प¥यो । त्यतिबेला उनले आफूले जम्मा गरेको रकमको ९० प्रतिशत रकम कम्पनीबाटै ऋण लिई नयाँ व्यवसायमा लगानी गरिन ।

Crest
Meta Holidays

विशेषगरी घरमा आवश्यक सामग्रीको किनमेल महिलाले नै गर्छन् । त्यसैले, उनीहरूले घरखर्चबाट बचेको रकम बचत गर्न पनि जीवन बीमा योजना उपयुक्त हुन सक्छ । बीमा योजना आफ्नोे क्षमताअनुसार गर्न सकिन्छ । यसरी थोरैथोरै रकम जम्मा गरेर बीमा योजना खरीद गरेको अवस्थामा भविष्यमा आर्थिक समस्या आइपर्दा महिलाले पुरुषकै मुख ताक्नुपर्दैन । जस्तै– छोराछोरी पढाउन, उनीहरूको विवाह÷व्रतबन्ध गर्न, बिरामी वा दुर्घटना हुँदा औषधी उपचारलगायतमा यसरी बचत गरिएको रकम खर्च गर्न सकिन्छ । जसले गर्दा बीमा योजना महिलाको लागि आर्थिक समृद्धीको आधार हुने बीमा विज्ञहरु बताउछन् ।

कामकाजी महिलाका लागि बीमा योजना खरीद गर्नु त्यति कठिन पनि छैन । विभिन्न सौदन्र्य सामग्रीमा गरिने खर्च बीमामा लगानी गर्नु उपयोगी हुने बीमाविज्ञ रवीन्द्र घिमिरेले बताए । ग्रामीण भेगका महिला जीवन बीमा योजनाप्रति अनभिज्ञ छन् । त्यसैले, उनीहरू यसप्रति सचेत हुन सकेका छैनन् । तर, शहरी क्षेत्रका कामकाजी महिलासमेत बीमा योजनाका विषयमा अनभिज्ञ देखिने गरेको उनले बताए ।

महिलाहरू बचतभन्दा पनि सौन्दर्य सामग्रीमै बढी खर्च गर्छन् । टेलिभिजनमा प्रसारण हुने टेलिसिरियलको नक्कल गर्दै सौन्दर्य प्रसाधन खरीद गर्न उनीहरूको प्रतिस्पर्धा नै हुने गरेको पाइन्छ । यस्ता विविध सामग्रीमा गरिएको लगानीको प्रतिफल कहिल्यै आउँदैन । तर, बीमा योजनामा गरिएको लगानीले भविष्यमा महत्वपूर्ण प्रतिफल दिने बीमा विज्ञहरुको भनाई छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x