IME Life
Beema Board

कमोडिटिज एक्सचेन्ज संचालनको अनुमति माग गर्दै सिएफएक्सको नेपाल धितोपत्र बोर्डमा आबेदन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ, चैत्र ०९। वस्तु विनियम बजार संचालन गर्न चाहने संस्थाहरुले कम्पनी सस्थापना गर्नु अघि नेपाल धितोपत्र बोर्ड समक्ष पुर्व स्वीकृतिका लागि निवेदन दिन थालेका छन्। आज ( चैत्र ८ गते) कमोडिटिज फ्यूचरस् एक्सचेन्जले बोर्ड समक्ष पुर्व स्वीकृतिका लागि निवेदन दिएको छ।

वस्तु विनियम बजार सम्बन्धी नियमावली, २०७४ बमोजिम वस्तु विनियम बजार संचालन गर्न चाहने संस्थाहरुको न्यूनतम चुक्ता पूँजी ५० करोड हुनु पर्ने उल्लेख भएता पनि आज निवेदन दिएको कमोडिटिज फ्यूचरस् एक्सचेन्जले आफ्नो चुक्ता पूँजी ६० करोड रहने जनाएको छ।

Prabhu
Crest

कमोडिटिज फ्यूचरस् एक्सचेन्जमा विभिन्न व्यावसायिक क्षेत्रमा सम्लग्न व्यक्ति तथा संस्थागत लगानीकर्ताहरुको लगानी रहने कुरा कम्पनीका संचालक कृष्ण गिरीले जानकारी दिए।

हालसम्म धितोपत्र बोर्ड समक्ष पुर्व स्वीकृतिका लागि अन्य दुई वटा कम्पनीले निवेदन दिएका छन्। बेलायती कम्पनी जिमेक्स रणनीतिक साझेदार रहेगरी गैरआवासीय नेपालीलाई संलग्न गरि नेपाल कमोडिटी एक्सचेन्ज र नेपाल इन्भेस्टमेन्ट बैंकका पृथ्वी बहादुर पांडे सहितका अन्य नेपाली लगानीकर्ताहरुले नेपाल मर्कनटाइल एक्सचेञ्ज सस्थापनाका लागी यस अघि पाल धितोपत्र बोर्ड समक्ष पुर्व स्वीकृतिका लागि निवेदन दिएका छन्।

वस्तु विनिमय बजार नियमावली २०७४ लागू भई कार्यान्वयनमा आएपछि नेपालको वस्तु विनिमय बजार स्पष्ट नियमन दायराभित्र प्रवेश गर्नुको साथै बजार नियमित, व्यवस्थित विश्वसनीय, स्वच्छ तथा पारदर्शी भई लगानीकर्तालाई लगानी विविधीकरणको लागि नयाँ क्षेत्र खुल्ने अपेक्षाका साथ कम्पनी अघि बढेको कुरा संचालक कृष्ण गिरीले बताउनु भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS